२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १२,
ग्लोबल आवाज

Advertisement

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरले आर्घाखाँचीको नरपानिमामा बुधबार १९ जनाको मृत्यु र १६ जनाको घाइते हुने गरी भएको दुर्घटनाले स्तब्ध बनाएको बताएका छन् । मुख्यमन्त्री पोखरेल आज एक शोक विज्ञप्ति जारी गरी दुर्घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समबेदना व्यक्त गर्नुका साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

उनले दुर्घटना लगतै उद्धारमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय राजनैतिक दलका नेता, कार्यकर्ता र स्थानीय समुदायको सक्रियता र पहलकदमीलाई धन्यवाद समेत दिएका छन् । सडक क्षमता भन्दा धेरै यातायातका साधनको आवागमन, चालकको लापरवाही, सवारी साधनको अबस्था लगायतका कारणले दुर्घटना बढेको उल्लेख गर्दै पहाडी क्षेत्रको कठिन भूगोलमा निर्माण गरिएका साँधुरा सडकमा तीब्र गतिमा गाडी चलाउने प्रवृतिले पनि दुर्घटनाको जोखिम बढेको बताएका छन् ।

साथै दुर्घटनाको कारण पत्ता लगाएर सरकारले सडक बिस्तारको कामलाई तीब्र बनाएको बताएका छन् । बढ्दो दुर्र्घटनालाई न्युनिकरण र रोकथाम गर्न नसक्ने हो भने आगामी दिनमा नेपाली समाजमा यसले ठूलो समस्या ल्याउने बताउँदै प्रदेश सरकारले सडक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने