ताजा अपडेट »

पश्चिम नवलपरासीको बर्दघाट कोभिड-१९ विरुद्धको पूर्ण खोप नगर घोषणा

विहीबार, २३ असार २०७९, १० : ३८
6 Shares

परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकालाई कोभिड-१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण खोप सुसनश्चित नगरपालिका घोषणा गरिएको छ । बुधबार नगरपालिकामा एक कार्यक्रमका बीच पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले कोभिड–१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरे ।

घोषणा कार्यक्रममा बोल्दै प्रजिअ पोखरेलले दिर्घकालसम्म स्वस्थ नागरिक बनाउनका लागि खोपले महत्वपूर्ण  भूमिका निर्वाह गर्ने बाताए । आगामी दिनमा पनि खोपलाई निरन्तरता दिन  आग्रह गरे । बर्दघाट नगरपालिकाले सुलभ सर्वेक्षण गरि १६ देखी २३ महिनाका ९५ प्रतिशत बालबालिकाहरुले पूर्ण मात्रा खोप लगाएको र कोभिड १९ बिरुद्धको खोप १२ वर्ष माथीको उमेर समुहमा पहिलो तथा दोश्रो मात्रा शत प्रतिशत लगाएको पाइएकोले पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरीएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख ओमप्रकाश पन्थिले जानकारी गराए ।

कार्यक्रममा बोलदै बर्दघाट नगरपालिकाका नगर प्रमुख सम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिकामा १२ वर्षदेखी माथिका शत प्रतिशतले कोरोना विरुद्धको पहिलो र दोश्रो खोप लगाईसकेको बताउँदै नगरपालिकाले नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिने बताएका छन् ।नगरपालिकाको स्वास्थ्य शाखाका गोपाल पाण्डेले कोभिड-१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चितको नगरप्रतिवेदन प्रस्तुत गरेका थिए ।

पश्चिम नवलपरासीमा कोरोना विरुद्ध पूर्ण खोप सुनिश्चित भएका पालिका ५ ओटा पुगेका छन् भने बाँकिले पनि अनुमति मागेका छन् । नियमित खोपमा शिशु जन्मेदेखि १५ महिनासम्म लगाउने विभिन्न १३ प्रकारका रोग विरुद्धका खोप रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।