ताजा अपडेट »

नेपालमा थपिए ४० जना कोरोना संक्रमित

सोमबार, २० असार २०७९, १७ : ४४
32 Shares
सोमबार, २० असार २०७९
32 Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १० जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिमार्फत् ३४ जना र एन्टीजेन विधिमार्फत् थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना संक्रमित निको भएका छन् ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।