ताजा अपडेट »

नेपालमा देखियो ओमिक्रोनको सब भेरियन्ट बीए ५, समुदायस्तरमा संक्रमण बढ्न सक्ने

आइतबार, १९ असार २०७९, १६ : ०७
42 Shares
आइतबार, १९ असार २०७९
42 Shares

काठमाडौँ । ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ओमिक्रोन बीए ५ नेपालमा पनि देखिएको छ ।

धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा सो सङ्क्रमण देखिएको जानकारी आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए । भारत र अमेरिकामा पछिल्लो समय सङ्क्रमण ओमिक्रोनकै उपप्रजाति बीए ४ र बीए ५ ले बढाएको पुष्टि भइसकेको छ।

नेपालमा अहिले बीए ५ कै कारण सङ्क्रमण गराइरहेको भए कोभिड–१९ फेरि समुदायस्तरमा बढ्न सक्ने सङ्क्रामक रोग विशेषज्ञ डा। जनक कोइराला बताउँछन् । बीए ५ अहिलेसम्म देखिएका ओमिक्रोनका उपप्रजातिहरूमध्ये झन्डै चार गुणा सङ्क्रामक भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।