ताजा अपडेट »

कसरी लाग्छ हैजा ? यी हुन् लक्षण र रोकथामका उपाय

विहीबार, १६ असार २०७९, ११ : ४९
8 Shares


काठमाडौं । हरेक वर्षायाममा नेपालका विभिन्न भागमा हैजाका बिरामीहरू भेटिने गरेका छन् । यसवर्ष
काठमाडौंमै संक्रमितहरू भेटिएका छन् । उपत्यकाका १० ठाउँमा हैजा भेटिएको छ । डिल्लीबजार, सानेपा, बालाजु, कपन, कोटेश्वरलगायतका स्थानमा हैजा पुष्टि भएको छ । विशेष सावधानी नअपनाए स्थिति भयावह हुनसक्ने चेतावनीसमेत विज्ञहरूले दिएका छन् । 

हैजा के हो, कसरी लाग्छ ? 

यो गम्भीर प्रकृतिको झाडापखाला हो । यो भिब्रियो कलेरा नामक जीवाणुका कारण लाग्छ । हैजा लागेमा निरन्तर पातलो चौलानीजस्तो दिसा लाग्छ । जसकारण शरीरमा सोडियम, क्लोराइड (इलेक्ट्रोलाइट्स) जस्ता तत्वहरूको अभाव हुन्छ । समयमै  उपचार नभएमा बिरामीको ज्यानै पनि जान सक्छ । 

यसमा पेट दुख्ने र ज्वरो आउने जस्ता लक्षणहरू देखिँदैन । हैजा लागेका प्रत्येक १० व्यक्तिमध्य एक जनामा गम्भीर प्रकृतिको लक्ष्यण देखिने गर्दछ । लक्षण बिनै संक्रमण भएको व्यक्तिमा दिसामार्फत निरन्तर जीवाणु बाहिर निस्किन्छ । 

लक्षणहरू

संक्रमण भएको केही घण्टादेखि पाँच दिन भित्र यसका लक्ष्यणहरू देखिन्छन् । हैजा लागेका व्यक्तिमा यस्ता लक्षणहरू देखिन्छन् :

– निरन्तर अधिक पातालो दिसा लाग्नु
– पटकपटक वान्ता आउनु
– पेट वा खुट्टाको मासपेशी बाउडिनु 
– आँखा गढ्नु, छाला चाउरी पर्नु 
– धेरै तिर्खा र थाकान लाग्नु 
– धेरै कमजोरीका कारण वेहोस हुनु 

रोकथामका उपाय 

– सरसफाइमा ध्यान दिने
– संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा सावधानी    अपनाउने 
– फोहोरमैलाको व्यवस्थापनमा ध्यान दिने
– खाना खानु अघि र शौचालयको प्रयोग गरेपछि साबुन पानीले हात धुने
– सकेसम्म उमालेको पानी पिउने  
– फलफुल तथा तरकारीको प्रयोग गर्नु अघि सफा पानीले पखाल्ने 
– पानीको मुहान सफा राख्ने 
– शौचालयमा मात्र दिसापिसाब गर्ने 

उपचार 

– पुनर्जलीय झोलको सेवन गर्ने 
– चिकित्सकको परामर्श लिने 

हैजा फैलिएको स्थानमा जो कोहीमा संक्रमणको जोखिम उच्च हुन्छ । यस्तो अवस्थामा समुदायस्तरमै हैजाविरुद्धको खोप दिएर स्थितिलाई नियन्त्रण गर्न सकिन्छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।