ताजा अपडेट »

समाजवादी पार्टीका नेता धिरज नेकपामा प्रवेश

मंगलबार, १० मंसिर २०७६, १७ : १०
4 Shares

मंसिर १०,

ग्लोबल आवाज

बुटवल । समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य धीरज सेर्पाइली नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन्। दाङको हापुरेमा आयोजना गरिएको विशाल चुनावी सभामा शेर्पाइली नेकपामा प्रवेश गरेका हुन् । उनलाइ प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका प्रदेश इञ्‍चार्ज शंकर पोख्रेलले पार्टी प्रवेश गराए।

नेकपामा प्रवेश गर्दै शेर्पाइलीले समाजवादी क्रान्ति ल्याउन नेकपाको झण्डा बोकेको बताए। नेकपाले दाङको हापुरेमा बिशाल चुनावी आम सभा गरेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।