ताजा अपडेट »

तिलोत्तमास्थित दुर्गादत्त माविमा विविध कार्यक्रम

शुक्रबार, १० असार २०७९, २१ : २६
14 Shares

तिलोत्तमा । तिलोत्तमा–२ मा रहेको शंकरनगर दुर्गादत्त मा.वि मा वार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । कक्षा १ देखि कक्षा ३ सम्म हस्तलेखन प्रतियोगिता सम्पन्न भएकाे छ । त्यसतै कक्षा ४ देखि ६ सम्म चित्रकला प्रतियोगिता र कक्षा ७ देखि ९ सम्म वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएका छन् ।

विद्यालयमा रहेको रेडक्रस सोसाइटीका उपाध्यक्ष विद्यार्थी गौरव पाण्डेको अध्यक्षता र विद्यालयका प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे । विद्यार्थी जीवनमा अनुशासनको महत्व विषयमा विद्यार्थीले आफ्ना तर्कहरु प्रस्तुत गरेका थिए।

उक्त प्रतियोगितामा सेक्टर ए तर्फबाट सुनिल पन्थी ,मधु खनाल र मिसा थापा , सेक्टर बि तर्फबाट कृतिका खत्री , सदिक्षा न्यौपाने र पुष्पा मरासिनि क्रमश प्रथम, द्वितीय, तृतीय भएका छन् भने कक्षा ४ देखि ६ सम्म कक्षागतरूपमा सम्पन्न भएको चित्रकला प्रतियोगितामा आविष्कार आचार्य, सुजता गहतराज, इशाङ रास्कोटी, दिव्या गाहा प्रथम , प्रिक्षा चौधरी, सुरज हरिजन ,प्रजिना गौतम, प्रज्ञा बराल द्वितीय र रक्षा गैरे , सनम राना ,करिश्मा राहादी , शुभम खत्रीले तृतीय हासिल गरेका छन् ।

त्यस्तै गरि कक्षा १ देखि ३ सम्म कक्षागतरूपमा सम्पन्न भएको हस्तलेखन प्रतियोगितामा वर्षा बिक , निउटन बराम्ले, विधि पोखरेल प्रथम , इसु बस्याल , सुप्रिया खनाल, प्रज्ञा सिङ्ग द्वितीय र सृजल परियार , निर्जला पाण्डे र रचना ठकुरी तृतीय भएका छन् । प्रतियोगितामा विजेता उपविजेताहरुलाई प्रमुख अतिथि र अतिथिले पुरस्कार वितरण गरेकाे कार्यक्रमका संयोजक अतिरिक्त कृयाकलाप प्रमुख गणेश पन्थले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।