२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

मंसिर १०,

Advertisement

ग्लोबल आवाज

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका वडा नं. १ कचल ओखलढुंगामा रहेको जन प्राथमिक विद्यालयमा सामुदायिक प्रहरी कार्यक्रम सम्पन्न भएको छ । समुदाय र प्रहरीबीचको साझेदारीमा समुदायमा रहेका बिभिन्न किसिमका समस्या समाधान गर्नका लागि यो कार्यक्रम गरिएको हो ।

कार्यक्रमको अबसरमा जन प्राथमिक विद्यालयका ८१ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई कापी,कलम, किताव र स्टेशनरी सामग्री सहयोग गरिएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीको नेतृत्वमा गएको प्रहरी टोलीले उक्त सहयोग हस्तान्तरण गरेको हो । प्रहरी प्रमुख जिसीले प्रहरी जनताको सेवक भएकाले जनता र प्रहरीको आत्मियता बढाउँन जनतासँग प्रहरी कार्यक्रम संचालन गर्दै आइरहेको बताए । तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत गाउँमा शान्ति सुरक्षा र सहयोगमा प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताउँदै दोभान प्रहरी चौकीले गाउँपालिकासँगको समन्वयमा विभिन्न कार्यक्रम गर्दै आएको भन्दै धन्वाद दिएका थिए ।

कार्यक्रममा तिनाउ गाउँपालिकाका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष राजेश श्रेष्ठ, वडा नं. १ का अध्यक्ष रोमबहादुर लम्तरी, दोभान चौकीका इन्चार्ज बालबहादुर घर्ती लगाएतले भनाई राखेका थिए । विद्यालयका अध्यक्ष टेकबहादुर पुनको अध्यक्षता प्रधानाध्यापक भीमबहादुर पुनले स्वागतको स्वागतमा भएको कार्यक्रमको सञ्चालन भने सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य रमेश बोहोराले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता