ताजा अपडेट »

गोरुसिङ्गे– सन्धिखर्क सडक आजदेखि बन्द

मंगलबार, १० मंसिर २०७६, १३ : ५४
54 Shares

मंसिर १०,

ग्लोबल आवाज

सन्धिखर्क । अर्घाखाँची जोड्ने मुख्य सडक गोरुसिङ्गे– सन्धिखर्क सडकखण्ड स्तरोन्नतीको लागि मंगलबार देखी दश दिन बन्द हुने भएको छ । गोरुसिङ्गे– सन्धिखर्क सडकखण्ड अन्तर्गत नरपानीदेखी घुम्ती सम्मका साँघुरा मोडहरु फराकिलो गराउने योजना अनरुप आज बिहान ७ बजे देखि ११ बजे सम्म र दिउँसो १ बजे देखि अपह्रान्न ४ बजे सम्म लगातार कम्तिमा १० दिन सम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय शिवपुरले जनाएको छ । साना सवारी साधनहरूलाई भने बैकल्पिक सडक प्रयोग गरि यात्रा गर्न आग्रह गरीएको छ ।

सोमबार सन्धिखर्कमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको संयोजकत्वमा बसेको यातायात ब्यवसायीहरु सँगको छलफलले सडक निर्माणको लागि भन्दै बाटो बन्द गर्ने निर्णय गरेको हो । साँघुरो सडक र धेरै घुम्ती भएको कारण बर्षेनि धनजनको क्षती भएको र सयौं जना घाईते भएको जनाउदै बढ्दो दुर्घटना न्युनिकरणको लागि सडक बन्दगरी चौडो गर्न लागीएको प्रजिअ पौडेलले बताए ।

नरपानीदेखि घुम्ति सम्मको सडकखण्डमा साँघुरा मोड र एक तर्फी बाटो भएका कारण पछिल्लो समय उक्त क्षेत्रमा सवारी साधन दुर्घटना बढेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।