२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

मंसिर १०,

Advertisement

ग्लोबल आवाज

सन्धिर्खक । अर्घाखाँची जिल्लामा रहेका निमार्ण व्यवसायीहरुसँग बृज सिमेन्ट ईण्डष्ट्रिज प्रा.लि ले सन्धिर्खकमा सोमबार बृज सिमेन्ट एक्सपर्ट मेसन क्लब कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले हालै ल्याएको एक्सपर्ट क्लब योजना बारे जानकारी दिनका लागि उक्त कार्यक्रम गरिएको कम्पनीका सेल्स एण्ड मार्के्टिङ् म्यानेजर नुमेन्द्र पौडेलले बताए ।

क्लबमा आबद्ध सदस्यले पि.पि.सि.,ओ.पि.सि.र पि.एस.सि. एक बोरा सिमेन्टको खरीदमा ४ अंक प्राप्त गरी विभिन्न उपहारहरु प्राप्त गर्न सकिने म्यानेजर पौडेलले जानकारी दिए । जसअन्तर्गत १७ सय प्वाइन्ट्समा सेफ्टी टुल्स किट, ४ हजार ४ प्वाइन्ट्समा ग्राइन्डर वा भाइब्रेटर, ८ हजार ४ प्वाइन्ट्समा भ्याकुम क्लिनर, १६ हजार प्वाइन्टस्मा मोबाइल, ३२ हजार ४ प्वाइन्ट्समा ३२ इञ्चको टेलिभिजन, ४८ हजार ४ प्वाइन्ट्समा थाइल्याण्ड भ्रमण र ६० हजार ४ प्वाइन्ट्समा दुवई भ्रमण गर्न सकिने लगायतका आर्कषक उपहार योजना रहेको समेत पौडेलले बताए । १७०० प्वाइन्ट्सको लागि ४ सय २५ बोरा, ४ हजार ४ प्वाइन्ट्सको लागि १ हजार १ बोरा, ८ हजार ४ प्वाइन्ट्सको लागि २ हजार १ बोरा, १६ हजार प्वाइन्टस्को लागि ४ हजार १ बोरा, ३२ हजार ४ प्वाइन्ट्सको लागि ८ हजार १ बोरा, ४८ हजार ४ प्वाइन्ट्सको लागि १२ हजार १ बोरा र ६० हजार ४ प्वाइन्ट्सका लागि १५ हजार १ बोरा खरीद गर्नुपर्ने कम्पनीले जनाएको छ ।

कार्यक्रममा बोल्दै अर्घाखाँची निर्माण व्यवसायी संघका अध्यक्ष ऋषिराम अधिकारीले सिमेन्टमा मुलुक आत्मानिर्भर बन्दै गएकोमा खुसि व्यक्त गर्दैै त्यसको क्वालिटी र क्वान्टीटीमा पनि बिशेष ध्यान दिनुपर्नेमा जोड दिए । कम्पनीका महाप्रबन्धक रवि रञ्जनले सिमेन्टको गुणस्तरमा कुनै कमि आउन नदिने बताउँदै समग्र बिकासमा आफुहरु लागीरहेको बताए । कम्पनीका प्रोजेक्ट म्यानेजर दिपक क्षेत्रीको सञ्चालनमा भएको कार्यक्रममा स्थानिय डिलरको तर्फबाट सुकदेब बेल्बासे, डिलाराम भुसाल, लेखनाथ भुसाल, केशब रिजाल लगायतले भनाई राखेका थिए । कार्यक्रममा जिल्लामा बिल्डीङ निर्माणमा क्रियासिल रहेका करीब ५० निर्माण व्यवसायीहरुको सहभागीता रहेको थियो । यस्तै कार्यक्रममा क्लबमा आबद्ध सदस्यहरुलाई ५ लाखको बिमा योजना सुरु गरीएका छ ।

प्रतिकृया दिनुहोस्

Flash News

सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता टाइगर भर्सेस पठान निर्देशकको पारिश्रमिक ४० करोड