ताजा अपडेट »

पश्चिम नवलपरासीमा ५ वर्ष माथिका बालबालीकालाई असार १० देखि फाइजर खोप

बुधबार, ०८ असार २०७९, १९ : ५३
10 Shares

परासी ।  पश्चिम नवलपरासीमा पहिलो पटक असार १० गतेबाट ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाईने भएको छ । स्वास्थ्य कार्यालयको आयोजनामा बुधबार परासीमा आयोजित फाईजर–बायोएनटेक बारे खोप समन्वय समिति तथा सरोकारवाला बीच अन्तरक्रिया भएको छ । 

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख ओमप्रकाश पन्थिका अनुसार खोप केन्द्र विद्यालयलाई बनाईएको छ । विद्यालय जाने र नजाने सबै बालबालीकालाई विद्यालयमै बनाईएको खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको छ ।

जिल्लाका सातै पालिकामा गरी विद्यालय जाने ५१ हजार १ सय ४७ र विद्यालय बाहिरका १ हजार २ सय ९२ गरी कुल ५२ हजार ४ सय ३९ बालबालीकालाई खोप लगाईने पन्थिले जानकारी दिए । ५ हजार ३ सय भाएल फाईजर खोप प्राप्त भएकोमा उक्त खोप लगाउन ५ सय ६ जना स्वास्थयकर्मी र त्यतिनै सङ्ख्यामा स्वयमसेविका खटिने छन् । जिल्लाका ३ सय ४२ विद्यालय मध्ये २ सय ६२ ओटामा खोप केन्द्र रहने छन् । २ सय भन्दा कम विद्यार्थि सङख्या भएका विद्यालयलाई नजिकैको अर्को विद्यालय संग जोडेर खोप केन्द्र राखिएको छ ।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले फाईजर खोप बालबालीकाको लागि महत्वपूर्ण भएको बताउँदै सबै बालबालीकालाई खोपको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले स्वास्थयकर्मी मात्र नभई सबै सरोकारवाला पक्ष जिम्मेवार भएर खोप अभियान सफल पार्नुपर्नेमा जोड दिए । असार १५ सम्म पहिलो मात्रा दिईएका बालबालीकालाई साउन २ देखि ६ गते सम्म दोस्रो मात्रा दिईने छ । फाईजर खोपको पहिलो मात्रा लगाएको २१ दिनमै दोस्रो मात्रा लगाउन सकिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।