१९ असार २०७९, आईतवार

Jul 3, 2022

कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे विजयनगर गाउँपालिकाले विद्यालयका छात्राहरुलाई निःशुल्क साइकल वितरण गरेको छ । विद्यालयमा कक्षा ९ र ११ मा अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गरेको हो ।

Advertisement

तल्लो कक्षादेखि माथिल्लोमा उक्लिँदा विद्यालय छोड्नेक्रम बढेपछि गाउँपालिकाले छात्रालाई विद्यालयसँग जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले बताए ।उनका अनुसार गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत पालिकामा रहेका विद्यालयका कक्षा ९ र ११ सम्म अध्ययन गर्दै आएका ४१५ छात्रालाई साइकल वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले महिला सशक्त भए मात्र पालिकाको विकास सम्भव रहेको दोहोर्‍याउँदै थापाले भने, ‘साइकलले महिला सशक्त नभएपनि समाजिक रुपान्तरणका लागि सहयोगी हुन्छ ।’ शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन पालिका प्रतिबद्ध रहेको भन्दै उनले छोरीलाई शिक्षित र सबल बनाउन नै ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान ल्याइएको बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ पालिका अघि बढेको बताइन् । गाउँपालिकाले छात्राहरुलाई साइकल वितरण गरेर विद्यालय जानका लागि उत्प्रेरित गर्ने उल्लेख गरिन ।

कार्यक्रमलाई सम्बोधन गर्दै विजयनगर गाउँपालिका प्रशासकीय अधिकृत गोविन्द भट्टराईले टाढा टाढा बाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई अघि बढाएर महिला सशक्तिकरणमा पालिकालाई अग्रपङ्तिमा राख्ने सोच लिएको बताउनु भयो । यसअघि पनि ७७/०७८ मा विजयनगरका ९ र ११ का विद्यालयमा अध्ययनरत २४० छात्रालाई साइकल वितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली ! पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ? सरसफाइका लागि कठोर नीति ल्याउँदै तुलसीपुर चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु फूलहरूलाई के हिउँद, के बर्खा (फोटोफिचर) बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णयप्रति व्यवसायिक संघ-संस्थाहरुको असहमति, फिर्ता लिन माग तुलसीपुरका पानी मुहान क्षेत्रमा चुनढुगा उत्खननको तयारी, खानेपानी संस्थाको बिरोध एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता छोरी भएर जन्मिनु विडम्बना हो ! अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर पत्रकार पन्थीको ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा विपद्बाट हुने क्षति न्यूनिकरण गर देशको आर्थिक अवस्था गम्भीर संकटमा : प्रचण्ड सेयर बजारमा हरियाली बुटवलमा साइन्स-म्याथ ओलम्पियाड, कान्ति माविका शिशिर प्रथम