१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023


चितवन । जिल्लाका विभिन्न स्थानमा औपचारिक तथा अनौपचारिक कार्यक्रम गरि मंगलबार आठौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । प्राकृतिक चिकित्सालय वागेश्वरीले आयोजना गरेको योग दिवसको कार्यक्रममा योग प्रशिक्षण दिनुका साथै यसको महत्वबारे जानकारी दिइएको थियो ।

Advertisement

कार्यक्रममा पूर्वशिक्षा मन्त्री गिरीराजमणि पोखरेल सहभागी भएका थिए । जीवनलाई सुखमय र उत्पादनशील बनाउन योगले ठूलो योगदान गर्ने पोखरेलले बताए । योग नेपालको पहिचानसँग सम्बन्धित भएकाले योगको स्वामित्व नेपालले लिनुपर्ने उनको भनाइ छ ।‘योगलाई संगठित रुपमा पठनपाठनसँग जोडेर लगियो भने हाम्रो देशलाई समृद्धिको दिशामा लैजान सकिन्छ’, उनले भने । विद्यालय शिक्षा र प्राविधिक शिक्षामा योगको पाठ्यक्रम सुरु भइसकेको भन्दै उनले योगलाई युवा पुस्ताले अभियानका रुपमा लैजान सक्ने बताए । उनी शिक्षामन्त्री भएका बेला योगलाई पाठ्यक्रममा समावेश गरिएको थियो ।

योग गुरु नानीराम दाहालले योग प्रशिक्षण दिए । विभिन्न देशमा पुगेरसमेत प्रशिक्षण दिएका दाहालले हरेक व्यक्तिले आफ्नो स्वास्थ्यका लागि दैनिक एक घण्टा योग गर्नु उपयुक्त हुने बताउँछन् ।‘शरीरलाई असर नपर्नेगरी जुन आसनमा योग गर्दा पनि हुन्छ’, उनी भन्छन्, ‘योग गर्दा हरेक अंगको व्यायाम हुन जरुरी छ । सुतेर, उठेर, बसेर जसरी पनि योग गर्न सकिन्छ ।’ बिहानको समयमा योग गर्दा शरीरलाई फाइदा पुग्ने उनी बताउँछन् ।

राति निन्द्रा नलाग्ने व्यक्तिले साँझपख पसिना बग्नेगरी योग गर्दा मन शान्त हुने र निन्द्रा नियमित रुपमा लाग्ने उनले बताए । पछिल्लो समय विश्वका कयौँ देशका नागरिकले योगलाई अवलम्बन गर्न थालेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित)