ताजा अपडेट »

रक्सीको मातमा आफ्नै घरमा आगजनी

सोमबार, ०९ मंसिर २०७६, १६ : ५९
24 Shares

मंसिर ९,

काठमाडौं । तेह्रथुममा एक व्यक्तिले आफ्नै घरमा आगो लगाएका छन् । तेह्रथुमको मेन्छयायेम गाउँपालिका ३ सिकिम्बाका ५२ वर्षीय मिङमा निरिङ शेर्पाले मादक पदार्थ सेवन गरी आइतबार आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आफ्नै घरमा आगो लगाउने शेर्पालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।