१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

फाईल फोटो

मंसिर ९,

Advertisement

सुमन केसी / ग्लोबल आवाज

दाङ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रियताको सन्दर्भमा सबै राजनीतिक दलहरु एक हुनुपर्ने बताए । प्रेस संगठन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अहिले भारतले सीमा मिचेर सार्बजनिक गरेको नक्साका सन्दर्भमा सरकारले कुटनीतिक नोट पठाएको भन्दै यसमा राजनीतिक दल बिभाजित हुनु गलत भएको बताए ।

‘राष्ट्रियताको सन्दर्भमा सबै राजनीतिक दलहरु एक हुनुपर्छ, राष्ट्रियताको सन्दर्भमा राजनीतिक दल विभाजित हुनुहुँदैन्’ उनले भन्ने केही दिन अघि देउवाले बोलेको कुरा फिर्ता लिनुपर्छ, आज उहाँ दाङ आउनु भएको मलाई विश्वास छ, उहाँले आज त्यो कुरा फिर्ता लिनुहुन्छ ।’

उपनिर्वाचन विशेष कारणले हुने भन्दै यो निर्वाचन जनमतको निरन्तरताको चुनाब भएको समेत बताए । साथै संघीय संरचना अनुसार बनेका तीन वटै सरकारले विकासको गतिलाई तिब्रता दिएको समेत बताए । अहिले प्रदेश नं. ५ सरकारलाई काठमाडौंसँग जोड्ने प्रक्रियाअघि बढेको बताए । त्यस्तै नारायणगढ–बुटवल, बुटवल–कोहलपुर, हुलाकी मार्ग, अमिलिया–सल्यान, तुलसीपुर–सुर्खेत सडक निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो। त्यस्तै घोराही–प्यूठान सडक, दामोदर मार्ग, घोराही–रक्षाचौरको काम पनि अघि बढिरहेको बताए ।

त्यस्तै दाङको राप्ती, कटुवाखोला, ग्वारखोला, पातुखोला र तुईखोलामा पनि जलासय निर्माण गरि सिंचाई तथा खानेपानीको समस्या गर्ने प्रक्रिया अघि बढाएको समेत जानकारी दिए । बिगतभन्दा मुलुकको कुल ग्रहस्त उत्पादनमा बृद्धि भएको समेत बताए । गएको बर्षमात्रै ७.१ प्रतिशत कुल ग्रहस्त उत्पादन भएको र प्रदेश नं. ५ को मात्रै ७.७ कुल ग्रहस्त उत्पादन भएको उनको भनाई थियो ।

कर्मचारी समायोजन, कानुन निर्माण तथा अधिकार बाडफाँटले गर्दा केही ढिला भएपनि सरकारले विकास निर्माणको गतिलाई भने तिब्र बनाएको उनले बताए । साथै उनले प्रदेश नं. ५ को स्थायी राजधानीको टुंगो यहि वर्ष लाग्ने बताए । त्यसका लागि प्रदेशका १२ वटै जिल्लाबाट सुझाव संकलन भएको र सबैको पायक पर्ने ठाउँमा प्रदेशको राजधानी तोक्नका लागि बिज्ञहरुको टोली बनाएको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य गाडीले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु