२४ जेष्ठ २०८०, बुधबार

Jun 7, 2023

मंसिर ९,
ग्लोबल आवाज

Advertisement

गुल्मी । गुल्मीका सूचना अधिकारीले पूर्ण सूचना नदिने गरेको सरोकारवालाहरुले गुनासो गरेका छन्। सोमबार राष्ट्रिय सूचना आयोगको आयोजनामा जिल्ला सदरमुकाम तम्घासमा जिल्ला स्थित जनप्रतिनिधी कार्यालय प्रमुख, सूचना अधिकारी, अधिकारकर्मी एवं संचारकर्मी लगायत नागरिक समाजका प्रतिनिधिहरुसँग सूचनाको हक सम्बन्धी अन्तरक्रिया राखिएको थियो ।

कार्यक्रममा सहभागि नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, नेपाल वार एसोशिसन गुल्मीका अध्यक्ष गोपाल खनाल, नागरिक समाजका अध्यक्ष पदमप्रसाद पाण्डे लगायतले कार्यालयहरुमा सूचना अधिकारी तोक्ने परिपार्टी भएपनि कार्यालयको पुरा जानकारी दिन नसक्ने गरेको बताएका थिए । मागेजति जानकारी नपाउँदा अन्त्यमा कार्यालय प्रमुखबाटै सूचना लिन पर्ने गरेको बताएका थिए । सूचना अधिकारी र कार्यालय प्रमुख बिच समन्वयकारी भूमिका नुहदाँ पनि सुचना अधिकारीले मागे अनुसार सूचना दिन नसकेको बताएका थिए । सूचना दिने हक अधिकार कानुनमा व्यवस्था भएपनि नागरिकको निम्ति सरल नभएको बताए । उनिहरुले जनतालाई सहजै सुचना दिन कार्यालयले वार्षिक रुपमा आफ्ना गतिबिधी नागरिक माझ ल्याउने व्यवस्था मिलाउन आग्रह गरे । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुत्त यसोदादेबी तिमलसिनाले सूचना के हो, सूचनाको हक अधिकारका बारे जानकारी गराएकी थिइन् । सूचना कसरी लिन सकिन्छ, दिन मिल्ने सूचना, दिन नमिल्ने सूचना लगायतका बारेमा जानकारी गराएकी थिइन् । उनले सबै संघ संस्थाले आफना सुचनाहरु नागरिकले चाहेको खण्डमा सहजै रुपमा जनतालाई दिने व्यवस्था मिलाउन आग्रह गरिन् ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका गुल्मीक नगरप्रमुख डिल्लीराज भुसालले सूचना दिने सवालमा अधिकत्तम प्रयोग गरेको बताए । उनले आफना गतिबिधीलाई सार्बजनिकरण गरेरै कार्यक्रम गर्ने गरेको भुसालको भनाई छ । गुल्मी जिल्लामा सूचना लिने सवाललमा कुनै पनि कमी नरहेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको भनाइ थियो । जिल्लामा हाल सम्म सूचना लिन नपाएका कुनै पनि घटना अर्थात उजूरी नभएको बताए । जिल्लामा सबै सूचना अधिकारीले आफना गतिबिधी चाहेको खण्डमा दिने र त्यसको लागि कार्यालय प्रमुखहरुले सहजीकरण गरेर अगाडी बढने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी निरौलाले जनाएका थिए । उनले नागरिकले पाउनु पर्ने सूचनाको अधिकारलाई कुण्ठीत नगरि सूचना दिने व्यवस्था कत्ति पनि कमी नरहने प्रतिबद्ध रहेको निरौलाको भनाई थियो । अन्तरक्रियामा जिल्ला स्थित बिभिन्न कार्यलय प्रमुख, बिभिन्न राजनितिक दलका प्रमुख, नागरिक समाज,पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने