२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर ९,
ग्लोबल आवाज

Advertisement

गुल्मी । गुल्मीमा ५औं उद्योग दिवसको अबसरमा २० जना उद्यामी सम्मनित भएका छन् । घरेलु तथा साना उद्योग विकास समिति गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरेर उद्योग दिवस मनाईएको हो ।

दिवसको अबसरका जिल्लामा सिलाई कटाई, हुजीवारी, ढाका उद्योग, डेरी उद्योग, फलफुल तथा अचार उद्योग, क्रिस्टलका गहना, व्युटि पार्लर, चाउमिन उद्योग, बेकरीज, स्क्रीन्ट प्रिन्ट लगायतका व्यवसाय गर्ने २० जना व्यवसायीलाई सम्मान गरिएको थियो । सम्मानित भएका व्यवसायीलाई जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सम्मान गरेका थिए । ‘उद्योग र पूर्वाधार समृद्धिको आधार’ भन्ने नाराका साथ राखिएको कार्यक्रममा विभिन्न उद्यमीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी समेत रहेका जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले जिल्लामा साना उद्योगहरुलाई विकास गरी आम्दानीको श्रोत बढाउन सबै लाग्नुपर्नेमा जोड दिएका थिए । गुल्मीको समृद्धिका लागि कृषि र पशुपालनको क्षेत्रमा योगदान गर्नुपर्नेमा पराजुलीको भनाई छ । बिगतमा शान्ति सुरक्षाको कारण लगानी मैत्री वातावरण नहुनु, उद्योग धन्दाहरु धरासाही बनेर बन्द भएकाले निर्यात घटनु र आयात बढेको बताए । उत्पादन भएको बस्तुले बजार नपाउने समस्या हटेकाले साना तथा ठूला उद्योगहरु उत्पादन तर्फ लाग्नु पर्नेमा पराजुलीले जोड दिए । जिल्लामा कृषि र पर्यटनको क्षेत्रबाट समृद्धि ल्याउन सकिने भएकाले कृषि क्षेत्रमा उत्पादन बढाएर आर्थिक स्थितिलाई बलियो बनाउनु पर्ने पराजुलीको भनाई छ ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका उपप्रमुख सिता भण्डारी, प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामी लगायतले निर्यात गर्ने वस्तु कम भएकाले व्यापार घाटा बढेको बताएको थिए । उद्योग व्यवसायमा कम चासोका कारण उत्पादन पनि नहुँदा परनिर्भरता बनेको बताएका थिए । जिल्लामा घरेलु उद्योगको क्षेत्रमा कसरी कार्यक्रमको समन्वय गर्ने बारे जिल्लाका ८ वटा स्थानीय तहमा छलफल गरिसकेको घरेलु तथा साना उद्योग विकास समिति गुल्मीका वरिष्ठ उद्योग अधिकृत लक्ष्मण घिमिरेले बताए । जिल्ला रहेका स्थानीय तहको सहभागितामा उद्योगिहरुलाई सहयोग र विभिन्न सीपमुलक तालिम लगायत गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम जस्ता क्षेत्रमा काम गरिरहेको वरिष्ठ उद्योग अधिकृत लक्ष्मण घिमिरेले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने