ताजा अपडेट »

गोर्खाली युवा सशक्तीकरणका सचिव खनालद्वारा बिरामीलाई फलफुल वितरण

बुधबार, ०१ असार २०७९, १२ : ४७
2 Shares

बुटवल । बुटवल उपमहानगरपालिका वाड न १३ निवासी समाजसेवी युवा गोर्खाली युवा सशक्तीकरण संस्था रुपन्देहीका सचिब केशब खनालले लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी बिभागमा रहेका बिरामिहरुलाइ फलफूल वितरण गरेर जन्मदिन मनाएका छन्।

आफ्नो जन्म दिनमा आफुले ठुलो होटेलमा अथवा फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेर सानो सहयोग गरेको खनानले बताए । कार्यक्रम बुटवल उपमहानगरपालिकाका मेयर विभिन्न वाडका जनप्रतिनिधि, सामाजिक ब्याक्तीत्व तथा युवा साथिहरु लगायत स्वास्थकर्मिहरुको उपस्थित रहेको जनाइएको छ । कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका का मेयर खेलराज पान्डेले बिरामिहरुलाई फलफुल बितरणगरि जन्म दिन मनाएकोमा खनाललाई शुभकामना दिएका थिए।

आफनोे जन्म दिनको अबसरमा यसरि अस्पतालमा आएर फलफुल बितरण गरेकोमा धन्यबाद दिदै आगामि दिनमा निरन्तर समाजसेवाका लागि निश्वार्थ तरिकाले लाग्न अस्पताल का प्रमुख डा इन्द्र ढकालले आग्रह गरे । कार्यक्रमका अध्यक्ष भरत पुरीले सधै सेवामा समपिर्त भएर विभिन्न किसिमका रचनात्मक अभियान समाज मा प्रस्तुत गरेर अघि बढ्ने प्रतिबद्धता गरे । कार्यक्रम संचालक अर्जुन खनालले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।