२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

मंसिर ८,

Advertisement

भैरहवा । रुपन्देहीको भैरहवामा आयोजित लुम्बिनी पर्यटन प्रवद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव– २०७६ मा आइतबार देखि सुरुवात भएको कुस्ती प्रतियोगितामा दर्शकको भिड बढेको छ । उद्योग व्यापार सङ्गठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौँको मुख्य आयोजनामा भैरहवाको अञ्चलपुरमा सञ्चालन भइरहेको महोत्सवमा बिषेश गरी तराइ क्षेत्रमा बढी रुचाइएको उक्त खेलको अवलोकन गर्नको लागि रुपन्देहीको मर्चवार, लुम्बिनी, धकधई, नवलपरासी, कपिलवस्तु लगायत छिमेकी देश भारत सम्मबाट दर्शकहरु महोत्सवमा उपस्थित भएको मेला मुल आयोजक समिति सह संयोजक तथा खेलकुद तथा स्वयमसेवक व्यवस्थापन उपसमिति संयोजक दर्पण श्रेष्ठले जानकारी दिए ।

तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा भारत बाट १४ जना पुरुष खेलाडी सहभागि छन भने ३ जना महिला खेलाडि सहभागि भएको संयोजक श्रेष्ठले जानकारी दिए । त्यस्तै प्रतियोगितामा नेपालका बिभिन्न स्थानबाट ९ जना पुरुष खेलाडि सहभागि छन् । जस अन्तर्गत आइतबार भएका ८ खेलमा नेपाल र भारत बीच दुइ खेल भएकोमा देबै खेलमा नेपाली खेलाडी विजयी हुन सफल भएको संयोजक श्रेष्ठले बताए । जसमा मानपकडी रुपन्देहीका खेलाडि लक्की थापा र मझौलीका अखलेश यादव बीच भएको प्रतियोगितामा लक्की थापा विजयी भएका छन् । त्यस्तै दोस्रो खेलमा भारतका राजेश पहलमान र नेपालका रणजीत थापा बीच भएको प्रतियोगितामा नेपालका थापा विजयी भएका थिए ।

त्यस्तै भारतका चाँद पहलमान र राकेश पहलमान बीच भएको प्रतियोगितामा राकेश विजयी भएका छन् । अर्को खेलमा नेपालका जोगेन्द्र यादवले भारतका असोक पहलमान लाई पराजित गरेका छन् । भारतका गुड्डु पहलमान र पप्पु पहलमान बीच भएको खेलमा गुड्डु विजयी भएभने भारतका गोविन्द र मानसिंह बीच भएको प्रतियोगिता भने निर्धारित समयमा बराबरीमा रोकिएको थियो । त्यस्तैगरी भारतका सम्नी र सोनु पहलमान बीच भएको खेलपनि बराबरीमै रोकिएको थियोभने भारतकै सबली र सेरु पहलमान बीचको खेलमा सवलीले जित हात पारेको संयोजक श्रेष्ठले बताए । मंगलबार सम्म चल्ने उक्त प्रतियोगितामा आज सोमबार ११ प्रतिस्पर्धा हुने श्रेष्ठले जनाए ।

उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजनामा भैरहवाको अञ्चलपुरमा संचालन भइरहेको महोत्सवमा विभिन्न खेल लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीले पनि दर्शकको ध्यान केन्द्रित गरेको छ । आइतबार राष्ट्रिय लोक तथा दोहारी गायिका कृष्णा गुरुङ, गायक अर्जुन कौषल लगायतले दर्शकलाई रमाइलो प्रदान गरेका थिए ।
उद्योग, व्यापार, कृषि तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएर आयोजना गरिएको महोत्सवमा २५ करोडको आर्थिक कारोवार तथा ३ लाख दर्शकलाइ अवलोकन गराउने आयोजकको लक्ष्य छ ।



प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता