ताजा अपडेट »

नेपाल मगर संघ गुल्मीको अध्यक्षमा पुन

आइतबार, ०८ मंसिर २०७६, १६ : २२
8 Shares

मंसिर ८,

ग्लोबल आवाज

गुल्मी । नेपाल मगर संघ जिल्ला समन्वय समिति गुल्मीको अध्यक्षमा रनमाया पुन चयन भएकी छन् । तम्घासमा सम्पन्न आठौं अबिधेशनले पुनको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समन्वय समिति गुल्मी चयन गरेको हो । जसको उपाध्यक्ष होम पल्ली, सचिव लालबहादुर राना, सह–सचिव शेरबहादुर सर्तुगी, कोषाध्यक्ष भोलासिंह सिंजाली रहेका छन् ।

अबिधेशनमा नेपाल मगर संघका केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन, जिल्ला सल्लाहकार बालिसिंह काउछा, प्रदेश अध्यक्ष बिमल सारु लगायतको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।