१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

मंसिर ८,

Advertisement

काठमाडौँ । चालु वर्ष धानको उत्पादनमा कमी आउने भएको छ। बेमौसमी पानी र नक्कली बीउका कारण यो वर्ष धान उत्पादनमा कमी आउने भएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष धानको उत्पादन करिब ५४ लाख टन हाराहारीमा सीमित हुने भएको छ।

चालु वर्षमा देशभर औसत रोपाइँ ९५ प्रतिशत थियो । अघिल्लो वर्ष देशभर ९५.३९ प्रतिशतका दरले १३ लाख आठ हजार पाँच सय हेक्टरमा रोपाइँ भएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार यो वर्ष उच्च पहाडमा ९७.९३, मध्यपहाडमा ९३ र तराईमा ९५.३३ प्रतिशतले रोपाइँ भएको थियो। मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार बर्खे बालीका लागि निर्धारण भएको १३ लाख ७१ हजार सात सय ६ हेक्टरमध्ये १३ लाख एक हजार सात सय ६ हेक्टरमा मात्रै धान बाली लगाइएको थियो। यसमध्ये क्षेत्रफल र उत्पादनका आधारमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी छ।

सरकारी तथ्यांक अनुसार समयमा पानी नपर्दा ७० हजार हेक्टरमा भने बर्खे धान लगाइएको थिएन। देशभर धानबालीका लागि १५ लाख ५२ हजार हेक्टर क्षेत्रफल छ। यसमध्ये १३ लाख ७१ हजार सात सय ६ हेक्टरमा बर्खे धानबाली तथा बाँकीमा चैतेधान लगाइन्छ।- अन्नपूर्णबाट

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य