ताजा अपडेट »

शुभारम्भको अन्तिम तयारीमा भाट-भटेनी धनगढी (तस्वीरमा)

विहीबार, २६ जेठ २०७९, १७ : १७
14 Shares

धनगढी । नेपालकै ठूलो चेन सुपर मार्केट भाट–भटेनी स्टोर सुदुरपश्चिममा पनि सञ्चालनमा आउँदै छ । सुदुर पश्चिम प्रदेशमा पहिलो स्टोरका रुपमा धनगढी उपमहागर–३ बोराडाँडीमा सञ्चालनमा आउन लागेको स्टोर भाटभेटेनीको २३औं स्टोर हो ।

स्टोरको भोलि शुक्रबार एक समारोहकाबीच औपचारिक शुभारम्भ हुँदैछ । १७ कट्ठा जग्गा र करिब डेढ लाख स्क्वाएर फिटमा तयार भएको स्टोरमा करिब २ अर्ब लगानी रहेको भाट–भटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले बताए ।

शुक्रबारदेखि औपचारिक रुपमा सेवा सुरु हुने स्टोरको सम्पूर्ण तयारी भएको उनले जनाए । शुभारम्भका अवसरमा धनगढीका ७० हजार स्थानीयलाई निमन्त्रणा पठाएको स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।