ताजा अपडेट »

सिर्जनशील प्रकाशनको चौँथो साधारण सभा सम्पन्न

शनिबार, ०७ मंसिर २०७६, १८ : २८
8 Shares

मंसिर ७,

ग्लोबल आवाज

बुटवल । सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लिमिटेड, बुटवल–४ को चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सहकारी विज्ञ डा. खगराज शर्माशर्माले उद्यम सहकारीको रुपमा स्थापना भएको यस संस्थाले आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न महत्वपूर्ण भूमिका निर्वाहा गर्ने विश्वास व्यक्त गरे ।

उनले सहकारीलाई प्रभावकारी रुपमा उत्पादनमा लगाउन सकेमा यसबाट समाज रुपान्तरणमा सहयोग पुग्ने बताए । सहकारीलाई आम जनताको जीवनस्तर उठाउने सशक्त साधनको रुपमा लिन सक्नु पर्छ भन्दै सरकारले यो विषयलाई गरिवी निवारणको साधनको रुपमा लिएको धारणा राखे ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष टंक पराजुलीले संस्थाले अगाडी सारेका उद्देश्यले समाजमा उद्यमको विकास गर्न प्रेरणा दिएको भन्दै त्यसमा स्थानिय सरकारको सहभागिता आवश्यक्त भएमा सहकार्यको नीति लिएर अगाडी बढ्न आग्रह गरे । सिर्जनशील संस्थाका सल्लाहकार तथा संस्थापक हिमलाल ज्ञवालीले स्रष्टाका कृतिहरु र पाठ्यपुस्तकहरु प्रकाशन गर्न र वितरण गरी शेयरहरुलाई लाभांश दिन सफल भएको संस्था भएकोले यस संस्थाप्रति धेरैको विश्वास जागेको बताए ।

कार्यक्रम संस्थाका अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षता, सचिव दिवाकर घिमिरेको सञ्चालन र उपाध्यक्ष त्रिलोचन ज्ञवालीको स्वागतमा सम्पन्न भएको थियो ।

साधारणसभाको बन्दसत्रले अध्यक्ष कृष्णप्रसाद पाण्डेको वार्षिक प्रतिवेदन, लेखा समितिका संयोजक रमेश थापाको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष मनहरी बस्यालको आ.व.२०७५÷२०७६ वार्षिक आर्थिक प्रतिवेदन तथा आ.व. २०७६/२०७७ को अनुमानित आय व्यय विवरण २०७५/२०७६ को प्रतिवेदन छलफल पछि सर्वसम्मतले पारित गरेको थियो । सभाले विनियम संशोधन प्रस्तावसहित विभिन्न ४ वटा नियमावली तथा निर्देशिका छलफलका साथ परिमार्जन गरी पारित गरेको छ ।

शिक्षा, संस्कृती र साहित्यलाई टेवा पु¥याउन आवश्यक विभिन्न पुस्तक लेखन र प्रकाशन गर्ने, खरिद विक्रिवितरण गर्ने, मसलन्द सामाग्रीहरुको उत्पादन, खरिद, विक्रि र वितरण गर्दै मुलुकलाई कागजको क्षेत्रमा आत्मनिर्भर बनाउन पेपर मिलको स्थापना गर्नेसम्मको उद्देश्य लिएर सो सहकारीको स्थापना गरिएको छ । ५ नं. प्रदेशलाई कार्य क्षेत्र बनाएको संस्थामा स्टेशनरी व्यवसाय गर्दै आएका १ सय १३ जना सदस्य रहेका छन् भने शेयर पूजी १ करोड २१ लाख १० हजार रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।