ताजा अपडेट »

स्थानीय तहलाई संघ सरकारको बजेटः बुटवल उपमहानगरलाई भन्दा तिलोत्तमा धेरै

विहीबार, १९ जेठ २०७९, १८ : ००
6 Shares

बुटवल । संघीय सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि रुपन्देहीका १६ स्थानीय तहलाई जम्मा ७ अर्ब ३४ करोड ५१ लाख बजेट विनियोजन गरेको छ । संघीय सरकारले विनियोजन गरेको बजेट अनुसार बुटवल उपमहानगरपालिकाले भन्दा तिलोत्तमा नगरपालिकाले धेरै बजेट पाएको छ।

तिलोत्तमा नगरपालिकाले ८९ करोड ६९ लाख बजेट पाउँदा बुटवल उपमहानगरपालिकाले ८६ करोड ४३ लाख बजेट संघ सरकारबाट पाएको छ । तिलोत्तमा नगरपालिकाले समानीकरण अनुदानमार्फत २६ करोड ७० लाख, सशर्त अनुदानमार्फत ६० करोड १९ लाख, विशेष अनुदान मार्फत १ करोड ५० लाख र समपुरक अनुदानमार्फत १ करोड २० लाख रकम दिने निर्णय गरेको छ ।

यस्तै बुटवल उपमहानगरपालिकाले समानीकरण अनुदानमार्फत ३४ करोड ८० लाख, सशर्त अनुदानमार्फत ४५ करोड २३ लाख र समपुरक अनुदानमार्फत ६ करोड ६० लाख रुपैयाँ पाउने भएको हो।

यस्तै देवदह नगरपालिकाले ४८ करोड ६० लाख, लुम्बिनी सांस्कृतिक नगरपालिकाले ५४ करोड २९ लाख, सिद्धार्थनगर नगरपालिकाले ५६ करोड र सैनामेना नगरपालिकाले ४३ करोड ७२ लाख अनुदान पाउने भएको छ ।

यस्तै १० वटा गाउँपालिका रहेको रुपन्देहीमा सबैभन्दा बढी बजेट सियारी गाउँपालिकाले ४३ करोड १३ लाख बजेट पाएको छ । सबैभन्दा कम भने ओमसतिया गाउँपालिकाले ३० करोड २७ लाख बजेट पाएको छ ।

कंचन गाउँपालिकाले ३५ करोड ८३ लाख, कोटहीमाई गाउँपालिकाले ३२ करोड ६६ लाख, गैडहवा गाउँपालिकाले ३५ करोड ६९ लाख, मर्चवारी गाउँपालिकाले ३३ करोड १९ लाख, रोहिणी गाउँपालिकाले ३६ करोड ११ लाख, शुद्धोधन गाउँपालिकाले ३५ करोड ४१ लाख, सम्मरीमाई गाउँपालिकाले ३४ करोड ९६ लाख र मायादेवी गाउँपालिकाले ३८ करोड ७३ लाख पाएको छ ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।