ताजा अपडेट »

विद्युतीय सवारीमा कर छुटकाे निर्णय उल्टियाे, यस्ताे छ नयाँ व्यवस्था

सोमबार, १६ जेठ २०७९, ०८ : ३३
22 Shares

बुटवल । सरकारले विद्युतीय गाडी प्रवद्र्धन गर्ने नीति लिएपनि भन्सार दर भने बढाएको छ । यसअघिका अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीमा कर छुटछको व्यवस्था गरेपनि अहिलेको सरकारले उक्त निर्णयलाई उल्टाएको छ । पूर्व अर्थमन्त्री युवराज खतिवडाले लगाएको अन्तःशुल्क गत वर्ष विष्णु पौडेल हटाएका थिए । तर, यो वर्ष अर्थमन्त्री जनार्दन शमाले पुनः विद्युतीय गाडीमा कर लगाउने नीति लिएका छन् । उनले १०० किलोवाटसम्मका विद्युतीय सवारीमा अन्तशुल्क लगाएका छैनन् भने १० किलोवाटमाथि अन्तःशुल्क थप गरेका छन् ।

आर्थिक आदेशले गरेको व्यवस्था अनुसार १०० किलोवाटदेखि २ सय सम्मको मोटर पिक अप पावरको सवारीमा ३० प्रतिशत अन्तःशुल्क लिने व्यवस्था गरिएको छ । यस्तो भन्सार दर २०० देखि ३ किलोवाटसम्मको सवारीमा ४५ प्रतिशत र ३ सय किलोवाट भन्दा माथिका सवारीमा ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ ।

यसैगरी सरकारले मदिरादेखि इनर्जी ड्रिक्ससम्मको भन्सार दर बढाएको छ । सरकारले बढाएको भन्सार दर आजै राति १२ बजेदेखि लागू हुनेछ । सरकारले पेय पदार्थमा लाग्ने कर भारी मात्रामा वृद्धी गरेको छ । आर्थिक आदेश मार्फत बियरमा प्रतिलिटर ३० रुपैयाँले कर बढेको छ । इनर्जी ड्रिग्समा प्रतिलिटर ३६ रुपैयाँबाट १४ रुपैयाँले बढाएर ५० रुपैयाँ कायम गरिएको छ । अन्य इनर्जी ड्रिग्सको हकमा १४ रुपैयाँलाई २५ रुपैयाँ बनाइएको छ । त्यसैगरी, अल्कोहलरहित बियरमा प्रतिलिटर २० रुपैयाँबाट बढाएर ३० रुपैयाँ बनाइएको छ ।

सुर्तीरहित सुगन्धित सुपारीमा प्रतिकेजी २८१ रुपैयाँबाट बढाएर ३५० रुपैयाँ बनाइएको छ भने सुर्तीरहित पान मसलामा प्रतिकेजी ८१२ रुपैयाँलाई ८२१ रुपैयाँ बनाइएको छ । त्यसैगरी, वाइनमा प्रतिलिटर १९८ रुपैयाँबाट बढाएर २२८ रुपैयाँ कर लाग्ने बनाइएको छ । ह्विस्कीमा ४८.५ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा प्रतिलिटरमा १ हजार ५९२ रुपैयाँबाट बढाएर १ हजार ७५० रुपैयाँ बनाइएको छ ।

त्यस्तै, ४२.८ प्रतिशत अल्कोहल भएको पेय पदार्थमा १ हजार १८८ रुपैयाँबाट बढाएर १ हजार ३०६ रुपैयाँ कर लाग्ने व्यवस्था गरिएको छ । ३९.९४ प्रतिशत अल्कोहल भएको मदिरामा भने १ हजार १०५ रुपैयाँबाट बढाएर १ हजार २१५ रुपैयाँ कर लाग्ने व्यवस्था गरिएको छ ।

अर्थमन्त्री शर्माले ल्याएको बजेटबाट क्यासिनो रोयल्टी १ करोड रुपैयाँ बढेको छ । यसअघि बार्षिक ४ करोड रुपैयाँ लिइँदै आएको क्यासिनो रोयल्टी अब भने ५ करोड रुपैयाँ लिइने भएको छ । मिनि क्यासिनोको रोयल्टी पनि बार्षिक ५० लाख बढाएर १ करोड ५० लाख पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।