ताजा अपडेट »

भैरहवा मेलामा पर्यटन जोनको उद्घाटन

शुक्रबार, ०६ मंसिर २०७६, १० : ३०
6 Shares

मंसिर ६,
ग्लोबल आवाज
भैरहवा । उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजनामा यही मंसिर ३ गतेदेखि भैरहवाको अञ्चलपुरमा जारी महोत्सवमा प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले अवलोकन गरेका छन् । पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा उद्घाटन गरी सुरुवात भएको महोत्सवको तेस्रो दिन विहिबार प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री गिरीले मेला स्थलमा रहेको पर्यटकीय जोनको उद्घाटन गरे ।

पर्यटन र कृषिलाई मुख्य प्राथमिकता दिएर आयोजना गरिएको महोत्सवमा मायाँदेवी मन्दिर भित्र १५ वटा पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्न मिल्नेगरी पर्यटकीय जोनको स्थापना गरिएको मेला मुल आयोजक समिति संयोजक नारायण प्रसाद भण्डारीले बताए । उक्त पर्यटकीय जोनको मन्त्री गिरीले उद्घाटन गर्दै मेला महोत्सवहरुले पर्यटन क्षेत्रमा टेवा पुर्याएको उल्लेख गरे । प्रदेश सरकारले लुम्बिनी भ्रमण बर्ष २०७६ तथा नेपाल सरकारले नेपाल भ्रमण बर्ष २०२० मनाइरहेको सन्दर्भमा उद्योग व्यापार संगठनले आयोअना गरेको उक्त महोत्सवमा राखिएका पर्यटकीय स्थलहरुले साँच्चिकै पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने बन्त्री गिरीले बताए । मन्दिर भित्र अर्घाखाँचीको सुपादेउराली मन्दिर, गुल्मीको बिचित्र गुफा, चितवनको सौराहा, मुगुको राराताल, मुस्ताङ हिमाल, प्युठानको स्वर्गद्वारी, सगरमाथा हिमाल, देवदहको पाकरी बृक्ष, माछापुच्छ्रे हिमाल, अन्नपूर्ण बेसक्याम्प, रेसुङ्गा, मार्दि हिमाल, पाल्पाको रानीमहल लयागतका पर्यटकीय गन्तव्यहरुको तस्बीरलाई उनीहरुको परिचय सहित सजाएर राखिएको छ ।

उक्त पर्यटकीय जोन बाहेक महोत्सवमा पशुपति मन्दिरको आकृतिको सचिवालय, मायाँदेवी मन्दिर आकृतिको प्रबेशद्वारले पनि दर्शकलाई आकर्षण गरेको मेला सचिवालय संयोजक अनिल कुमार ज्ञवालीले बताए । महोत्सवमा विभिन्न पर्यटकीय क्षेत्र लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, आधुनिक कृषिका स्टलहरु, बाल उद्यान, घरेलु हस्तकलाका स्टलहरु, सेल्फी जोन लगायतले पनि दर्शकलाई आकर्षण गरेको प्रचार प्रसार संयोजक कृष्ण गुरुङले बताए । बिहिबार महोत्सवमा राष्ट्रिय आधुनिक गायक कमल खत्री तथा लोकदोहोरी गायक बालचन्द्र बरालले दर्शकलाई रमाइलो प्रदान गरेका थिए । आज सुक्रबार राष्ट्रिय आधुनिक तथा पप गायिका एन्जीला रेग्मी, हास्य कलाकार माइला बा, लोक तथा दोहोरी गायिका मन्जु भट्टराई, गायक विष्णु सिञ्जाली लगायतको प्रस्तुती रहने साँस्कृतिक सह–संयोजक बाबुराम शर्मा खनालले बताए । बिहिबार तेस्रो दिनसम्म महोत्सवमा ५ हजार दर्शकले मेला अवलोकन गरेको तथा १ करोड बराबरको कारोबार भएको मुल आयोजक समिति संयोजक नारायण प्रसाद भण्डारीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।