ताजा अपडेट »

‘जनताको आग्रहमा पुनः उठेँ, वडालाई नमुना बनाउने गरी काम गर्छु’

विहीबार, २२ बैशाख २०७९, १७ : ५६
40 Shares

तिलोत्तमा नगरपालिकामा परिचित नाम नै हो, झविलाल भुसाल । भुसाल तिलोत्तमा नगरपालिका–१६ को वडाध्यक्षको दोस्रो कार्यकालका लागि अहिले चुनाबी प्रतिस्पर्धामा रहेका छन् । उनले २०४६ सालदेखि नेपाली कांग्रेसबाट सक्रिय राजनीति सुरु गरेका थिए।

उनी २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस तिलोत्तमा नगरपालिका–१६ को वडाध्यक्षमा निर्वाचित भएका थिए । पहिलो कार्यकालमा बाँकी रहेका काम पुरा गर्नका आफू उम्मेद्वार बनेको उनी बताउँछन् । प्रस्तुत छ, निर्वाचन केन्द्रित रहेर ग्लोबल आवाजका लागि बसन्त आचार्यले झविलाल भुसालसँग गरेको कुराकानीः

दोस्रो कार्यकालका लागि वडाध्यक्षमा उम्मेद्वारी दिनु भएको छ । अहिले तपाईको मुख्य एजेण्डा के कस्ता छन्?
–२०७४ सालमा जनतासँग गरेका धेरै प्रतिबद्धता मैले पुरा गरिसकेको छु । मेरो ५ वर्षे कार्यकालमा साना तिना कुरा सोध्न वडामा आउनु पर्दैन थियो । मैले जहाँ जस्तो अवस्थामा सोधे पनि बताइदिन्थेँ । म निर्वाचित हुँदा गाउँमा हिड्दा सडक हिलाम्ए थिए । ती सडक पिच गरेर त्यो समस्या अहिले हटेको छ ।

वडाको सडक फराकिलो बनाउने, नाली बनाउने, आमा समूहका भवन, मठ मन्दिरहरु लगायतका काम सम्पन्न गरेको छु । गाउँ ब्लकको लालपुर्जा वितरण गर्न र नापि गराउने काम बाँकी रहेको छ । यस्तै ठूला ठूला बाटाहरु खास गरी गाउँ भन्दा बाहिर रहेका भित्रि सडकहरु ढलान र पिच गर्न बाँकी रहेको हुनाले यी काम पुरा गर्न हामी पुरानै टिमले उम्मेद्वारी दिएका छौँ । वडामा रहेका दुई वटा प्राथमिकता विद्यालयलाई बोडिङ्ग स्कूल भन्दा अबल्ल बनाउने गरि अघि बढ्छु । साथै गाउँमा भएका विरामीलाई वडामा डाक्टरसहतिको ल्याब सञ्चालन गरेर निःशुल्क रुपमा सेवा प्रदान गर्ने मेरो योजना रहेको छ ।

अहिले सुगरको चेँक गर्न पनि भैरहवा कि त बुटवल जानु भन्ने अवस्था रहेको छ । यसलाई अन्त्य गर्ने गरि अघि बढ्ने गरी काम गर्ने छु । ल्याबको भवन बनाउनका लागि केन्द्रबाट बजेट ल्याएर भबन निर्माण गरि सकेका छौँ । अब केही बजेट भयो भने सो भवन तयार हुन्छ । अब तत्काल ल्याबको काम अघि बढाउने गरी काम गर्ने छौँ । वडाबाट पाउने सेवा पनि सहज रुपमा पाएको वडावासीहरुको भनाई छ । म जनताको घरदैलोमा पुगेर सेवा दिएको थिए ।

फेरि तपाईलाई वडाबासीले किन मतदान गर्ने?
–काम हामी धैरै गरेका छौँ । वडा मातहतबाट हुने काम हामी सबै गरेका छौँ । यसबाट प्रभावित भएर विपक्षी पार्टीका साथिहरुले पनि मलाई भोट गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । हामीले गरेका कामलाई देखेर धेरै साथिहरु कांग्रेसमा आबद्ध हुनु भएको छ । हरेक टोल बस्तीबाट विकास गर्ने मान्छेलाई भोट दिनु पर्छ भन्ने आवाज उठेको छ । स्थानीय निवाचनमा पार्टी हेरेर हुँदैन् हामीले नातावाद र पार्टीलाई नहेरि तपाईलाई हामीहरु जिताउँछौ भनेपछि सिङ्गो टिम पुनः दोहोरिएका हौँ । उम्मेद्वारी दिनु भन्दा पहिला म उठै कि नाई भनेर हरेक टोल टोलमा गएर सोधेको थिएँ । तपाई फेरि उठ्नु पर्छ भनेर म उठेको हुँ । यस पटक म लगायत सबै टिम नै पहिला भन्दा पनि अत्याधिक मतले निर्वाचित हुन्छौँ भन्नेमा मलाई पूर्ण विश्वास रहेको छ।

तिलोत्तमा वडा नम्बर १६ को मुख्य समस्या के हो नि?
–वडाको अहिले मुख्य समस्या भनेकै गाउँ ब्लकका पुर्जा वितरण र नापि हो । धेरै पहिलादेखि बसेका बस्तीहरुमा अहिलेसम्म पुर्जा वितरण र नापि गर्न सकिएको छैन् । नगरमा मेयर उपमेयर फरक पार्टीको भएका कारणले पनि केही असहज भयो । यो पटक नगरपालिकामा हाम्रो पार्टीको मेयर र उपमेयर आउँछ र यी काम हामी गछौँ । अब निर्वाचित भएपछि पहिलो काम गाउँ बस्तीका पुर्जा वितरण र नापि गराउनेका साथै गरिबीको रेखामुनी भएका सबै व्यक्तिहरुलाई लालपुर्जा वितरण गर्ने प्राथमिकताका साथ अघि बढ्छौँ ।

जनताको घरदैलोमा जाँदा उँहाले तपाईलाई कस्तो प्रतिक्रिया दिनु भएको छ?
– जनताले हामीलाई देख्ने बित्तिकै यो बास्तविक काम गर्ने मान्छे हामीले बल्ल भेटेका छौँ । पहिला वास्ता नगरेकाले पनि मेरो कामबाट प्रभावित भएर अहिले सहयोग गछौँ भन्नु भएको छ। एमाले माओवादी, राप्रपाका साथिहरुले पनि हामी जाने वित्तिकै उहाँले मेरो धेरै काम गर्दिनु भएको हो भनेर म उहाँको घर दैलोमा जाँदा धेरै खुशि हुनुहुन्छ । मेरो पहिलो कार्यकालको कामप्रति प्रभावित भएको म उँहाहरुलाई धन्यवाद पनि दिन चाहान्छु ।

यस अघि पनि जनप्रतिनिधि भएर काम गर्नु भयो । तपाईसँग अनुभव पनि धेरै छ । अब जित्नु भयो भने तिलोत्तमा १६ मा अहिलेको अवस्था र आग्रमी ५ वर्ष पछिको अवस्थाको कस्तो अन्तर होला?

–रुपन्देहीमा विकास हेर्नको लागि तिलोत्तमा १६ मा आउनु पर्छ भन्ने गरी काम गछौँ । कुन मोडेलमा विकास गर्नु पर्छ भन्ने कुरा हेर्न तिलोत्तमा १६ मा जानु पर्छ भन्ने गरी काम गर्छु । वडामा अहिले हामी विकासका पूर्वाधार लगभग तयार गरि सकेका छौँ । यी सबै काम पुरा गर्न वित्तिकै वडा नम्बर १६ एकदमै विकसित हुन्छ ।

निर्वाचन नजिकिदैँ छ, वडावासीलाई के भन्न चाहानु हुन्छ?
–म र मेरो टिमले गरेका कामहरु वडावासीले रुचाउनु भएको छ । उँहाहरुले पनि धेरै खुशि प्रकट गर्नु भएको छ। वडाबासीहरुले म लगायत मेरो टिमप्रति गरेको स्नेहा र माया गर्ने सबैलाई धन्यवाद दिन्छौँ । अब फेरि पनि म मेरो नेतृत्वको टिमलाई निर्वाचित गराउन आग्रह गछौँ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।