ताजा अपडेट »

‘एमालेका सबै नारा सपना भए, तिलोत्तमालाई भष्ट्राचार मुक्त नगर बनाउँछौँ’

आइतबार, १८ बैशाख २०७९, १७ : ४२
58 Shares

नेपाली कांग्रेसबाट तिलोत्तमा नगरपालिकाको प्रमुखको लागि रामकृष्ण खाँण चुनावी मैदानमा छन् । खाँण अहिले नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्र उम्मेद्वारको रुपमा अहिले चुनाबी मैदानमा रहेका छन् ।

गत निर्वाचनमा पनि उनी चुनावी प्रतिष्पर्धामा थिए । तर, पराजित भए । खाँण नेपाली कांग्रेस रुपन्देही जिल्ला सभापति पनि हुन् । यस पटक उनका मुख्य एजेण्डा के हुन? खाँणलाई तिलोत्तमाबासीले मतदान किन गर्ने? लगाएत निर्वाचन केन्द्रित रहेर ग्लोबल आवाजका लागि बसन्त आचार्यले रामकृष्ण खाँणसँग गरेको कुराकानीः

तपाईं गत निर्वाचनमा पनि प्रतिस्पर्धामा हुनु हुन्थ्यो । अहिले मुख्य एजेण्डा तथा प्राथमिकता के कस्ता छन्?
–मेरो मुख्य एजेण्डा तिलोत्तमा नगरलाई भष्ट्राचार मुक्त नगर बनाउने हो । सुशासन र समृद्धिको आधार तिलोत्तमा नगरमा कांग्रेस र माओवादी जित्न आवश्यक छ । हामीले जितेपछि तिलोत्तमाको बृहतर हितका लागि नगरको लागि हामी काम गछौँ । जुन अहिले प्रशासनिक भवन छ । त्यो धेरै ठूलो धन राशि खर्च गरेर बनाइएको छ । विलाशिताको भवन छ, त्यो । सो भवनमा जनप्रतिनिधि र कर्मचारीहरु बसेर सेवा प्रदान भइरहेको छ । तिलोत्तमाबासीहरुको घरमा पंखा लगाउने स्थिति पनि छैन् ।

यसकारण हामीले निर्वाचन जिते पछि तिलोत्तमा नगरको प्रशासनिक भवन त्यो भवनलाई नगर अस्पताल बनाउने हाम्रो मुख्य एजेण्डा छ । यस्तै एकीकृत सम्पत्ति कर छ, जुन नेपाल भरीमा महङ्गो छ । यसको दायरा बढाउने । किसानको तीन पुस्ताबाट बचाएको सम्पत्तिलाई मूल्यांकन गरेर कर तिर्दा किसानका अरु आम्दानी छैन । त्यसकारण उहाँहरुले जग्गा बेचेर नै कर तिर्ने हो । यसकारणले गर्दा हामीले करको दायरा बढाउने र एकीकृत सम्पत्ति करमा ५० प्रतिशत छुट दिने हो । नगरमा स्वच्छ खानेपानी व्यवस्था, विद्यालयलाई गुणस्तर बनाउने र स्वास्थ्य क्षेत्रमा आमूल सुधार गर्ने गरी काम गछौँ ।

तपाईका जितका मुख्य आधारहरु के कस्ता हुन सक्छन् ?
–नेकपा एमालेलाई राष्ट्रवादी पार्टी हो भनेर केही गर्छ की भनेर जनताले विश्वास गरे । दुई तिहाईको सरकारले साढे ३ वर्ष भन्दा बढी सरकार चलाउन सकेन् । चुनावमा गरेको प्रतिबद्धता सपना मात्रै भयो । जुन सपना बाँडिएको थियो । त्यो सबै हावादारी मात्रै भयो । उहाँहरुले विकास र मुलुकको राष्ट्रियता बलियो बनाउन भन्दा पनि सरकार पनि चलाउन नसक्ने र पार्टी पनि चलाउन नसक्ने स्थिति भयो ।

यसले गर्दा दुई तिहाईको सरकार पनि ढल्यो । पार्टी पनि फुट्यो । प्रदेशका सबै सरकारहरु ढले । अहिले नेपाली जनताको सेन्टीमेण्ट नेपाली कांग्रेसको पक्ष र गठबन्धनको पक्षमा छ । अहिले केन्द्रदेखि स्थानीय तहसम्म ५ दलीय गठबन्धन छ । तिलोत्तमा नगरपालिकामा माओवादी र कांग्रेसको गठबन्धन छ । अरु दलहरुसँग पनि सहमति र सहकार्य छ । यस्ले गर्दा चुनाव अहिले हामी सहज रुपमा जित्छौँ ।

जितको मुख्य आधार ५ दलीय गठबन्धन भन्नु भयो । तर, तिलोत्तमा गठबन्धनमा आवद्ध नेकपा एस छुट्टै प्रष्स्पिर्धामा छ नि?
–हाम्रो केन्द्रमा ५ दलीय गठबन्धन हो । तिलोत्तमाको हकमा पद थेरै भो आकांक्षी धेरै भयो ५ दलमा । यसले गर्दा कांग्रेस र माओवादी त मिलि हाल्यो । नेकपा एस, जसपा र जनमोर्चासँग पनि हाम्रो सहकार्य छ । उहाहरुसँग पनि हाम्रो गठबन्धन नै छ ।

जनताको घर दैलोमा जाँदा तपाईहरु के भन्नु भएको छ ? उहाँहरुको कस्तो प्रतिक्रिया पाउनु भएको छ नि?
–जनताको घर दैलोमा जाँदा हामीलाई धेरै राम्रो व्यवहार देखाउनु भएको छ । समृद्धि र विकासका लागि तपाईहरुले जित्नु पर्छ । राष्ट्रियता बलियो बनाउनका लागि गठबन्धनले जित्नु जरुरी छ भन्नु भएको छ। स्थानीय, प्रदेश र केन्द्र सरकारले जुन किसिमका क्रियाकलापहरु गरे त्यसबाट उहाँहरु असन्तुष्ट हुनुहुन्छ ।

एमालेले देशको नेतृत्व गर्दा भष्ट्राचार बढेको थियो । सुशासन हुन सकेको छैन । हरेक क्षेत्र तहस–नहस भएको छ । चाहेँ स्थानीय तह, प्रदेश र संघमा होस् । यसले गर्दा जनताले राम्रो रेसपोन्स देखाउनु भएको छ । २०७४ सालको निर्वाचनमा मैले जनताबाट रेसपोन्स प्राप्त गर्न सकेको थिएन । त्यति खेर प्रदेश टुक्रने, खण्डीकरण हुनेदेखि लिएर राष्ट्रियताका नारा नाकाबन्दीका नाराहरु थिए । त्यो अहिले वास्तवमा सबै सपना जस्तो भए ।

उहाँहरुका पार्टीका जनप्रतिनिधिहरुले स्थानीय तहमा केही पनि गर्न सक्नु भएन् । रुपान्तरण नै गर्न सक्नु भएन् । उहाँहरुले सपना मात्रै बाड्नु भयो । सुकुम्बासी र अव्यवस्थित बसोबासका बारेमा एउटा पनि लालपुर्जा बाड्न सक्नु भएन् । अरु विकास निर्माणका काम त केही पनि गर्न सक्नु भएन। तिलोत्तमा लगानी सम्मलेनमा त करोडौँ खर्च गर्ने दिवा भोज र रात्री भोज खाने, जहाज चढ्ने बाहेक अरु केही कामै हुन सकेन। यति ठूलो अनियमितता छ ।

नदि दोहनमा त्यस्तै छ । गौरवको आयोजनाको नाममा नदि दोहन गरेर बेचिएको छ । तिलोत्तमाबासीले घर बनाउँदा दाङबाट बालुवा लिएर आउनुपर्छ । यहाँ आफ्नो छिमेकको जोडिएको तिनाउ र रोहिणी खोला । त्यो तिलोत्तमावासीले प्रयोग गर्न पाएका छैन् । यी धेरै कुराहरु छ । यी धेरै कुराहरु तिलोत्तमाबासीले बुझिसक्नु भएको छ । यसकारण एमालेको जनताकोमा गएर भोट माग्ने आधार पनि छैन। यी सबै कुरा जनताले बुझेकाले जनताले गत निर्वाचनमा भन्दा धेरै नै राम्रो माया गर्नु भएको छ ।

चरम भष्ट्राचार छ भन्नुभयो । तपाई निर्वाचित भए भष्ट्राचारलाई कसरी नियन्त्रण गर्नु हुन्छ ?
–म तिलोत्तमा नगरलाई भष्ट्राचार मुक्त नगर बनाउने अठोट गरेको छु । म त्यसैमा लाग्छु । म आफू भष्ट्राचार नगरेपछि त अरुलाई रोक्न सकिन्छ नि । आँफैले भष्ट्राचार गरेपछि अरुलाई रोक्न सकिदैँन । म आँफैले भष्ट्राचार नगर्ने प्रतिबद्धता व्यक्त गर्छु । आफू पनि भष्ट्राचार गर्दिन,अरुलाई पनि गर्न नदिने गरी लाग्छु ।

तपाइँको नजरमा तिलोत्तमाको मुख्य समस्या के हो? तपाईले त्यसलाई कसरी समाधान गर्नु हुन्छ?
–तिलोत्तमामा थुप्रै समस्या छन् । यहाँ किसानहरुका समस्या छन् । सिचाईका समस्याहरु छन् । कुला पानीका समस्या छन् । नदि तटबन्धनका समस्या छन् । बाटोको समस्या छन् । यो समस्यालाई म समाधान गर्ने गरी लाग्छु । सके स्थानीय तहले गर्ने नसके प्रदेश र संघीय सरकारसँग समन्वय गरेर गर्छु ।

तपाई निर्वाचित हुनु भयो भने अहिलेको तिलोत्तमा र ५ वर्ष पछि तिलोत्तमामा के फरक हुन्छ होला?
–मैले फरक अवस्य दिन्छु । सडक कालोपत्रे बनाउन महत्वपूर्ण भूमिका खेल्छु । अहिले जुन ६०/४० को अवधारणा छ । यसलाई म हटाउँछु । मैले प्रदेश सरकार र संघ सरकार, एडिबि र वल्र्ड बैकंसँग सम्पर्क गर्छु । त्यहाँबाट अनुदान ल्याउने कोशिस गर्छु । अनुदान ल्याउन नसके न्यून ब्याजमा पौसा लिएर तिलोत्तमाको बाटोहरुमा राम्रो कालोपत्रे गर्छु ।

नगरका १७ वटै वडामा मेरो कार्यकाल भित्रै राम्रो विद्यालय निमांण गर्छु । जुन विद्यालय छ त्यसैलाई अपग्रेड गरेर राम्रो बनाउन्छु । ती विद्यालयले वोडिङ्ग स्कूलसँग प्रतिस्पधा गर्न सक्ने गरी गुणस्तरीय शिक्षा पदान ह। ६० वर्षभन्दा माथिका नागरिकहरुको लागि घरमै स्वास्थ्य परिक्षणको व्यवस्था गर्छु । खानेपानी, विद्युतलाई व्यवस्थित गर्ने गरी काम गर्छु ।

निर्वाचनमा होमिँदै गर्दा तिलोत्तमाबासीलाई के भन्न चाहानु हुन्छ?
–तिलोत्तमाबासीलाई मेरो र गठबन्धनको तर्फबाट अनुरोध छ । यसपालिको निर्वाचनमा सोचेर सम्झेर तिलोत्तमाको समृद्धि र विकासका लागि र तिलोत्तमाको भविष्यका लागि गठबन्धनको पक्षमा मत दिनु हुन तिलोत्तमा बासीलाई अनुरोध गदर्छु । हामी तिलोत्तमालाई रुपान्तरण गर्ने छौँ । नगरवासीसँग सहकार्य गरेर नगरको मुहार कसरी उज्यालो बनाउन सकिन्छ त्यता तिर ध्यान जाने छ भन्ने नगरबासीसँग आग्रह र विश्वास पनि दिलाउन चाहान्छु ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।