ताजा अपडेट »

‘बुटवल र बुटवलवासीका आवश्यकता नै मेरा प्राथमिकता’

बुधबार, १४ बैशाख २०७९, १७ : ११
2 Shares

नेकपा एमालेबाट बुटवल उपमहानगरपालिकाको मेयरमा बाबुराम भट्टराई चुनावी मैदानमा छन् । बुटवलमा लामो समयसम्म नेकपा एमालेले चुनाव जित्दै आएको छ ।

तर, यस पटक नेकपा एमाले विभाजन भएका कारण भट्टराई माथि विगतमा भन्दा केही चुनौति पनि छ । बुटवलमा विभाजनको प्रभाव नभएकाले केही फरक नपर्ने एमाले बताउँदै आएको छ । यसै सन्दर्भमा बुटवलमा यसपटक एमालेका जीतका आधार के के हुन सक्छन् ? र के कस्ता विकासका योजना छन्? लगाएतका समसामियक विषयमा ग्लोबल आवाजका लागि बसन्त आचार्यले बाबुराम भट्टराईसँग गरेको कुराकानीः

बुटवलमा एमालेले २१ वर्षेदेखि निर्वाचन जित्दै आएको छ । यसपटक पार्टीको अवस्था कस्तो छ?
–नेकपा एमालेको बुटवल क्षेत्र एकदम संगठन राम्रो भएको क्षेत्र हो । संघठनको हिसाबले हामी अब्बल छौँ । २०५६ सालदेखि नै नेकपा एमालेले बुटवलमा सधैं विजय प्राप्त गरिरहेको छ। अहिलेपनि हाम्रो संगठन एकदमै राम्रो छ । सुस्त दुरुस्त र व्यवस्थित छ । यस कारणले यस पटक पनि सहज रुपमा जीत हात पाछौँ ।

तपाइँको मुख्य चुनावी प्रतिववद्धता के कस्ता छन्?
–एमालले चुनावी प्रतिवद्धताहरुलाई हामीले प्रतिवद्धता भनेर सार्वजनिक गरिसकेका छौँ । स्वास्थ्य, शिक्षा, पर्यटन व्यवसायदेखि लिएर नगरलाई उच्च बिन्दुमा लगेर स्मार्ट सिटीको रुपमा अगाडि बढाउने गरी परिकल्पना गरेका थियौँ । त्यही अनुसार ५ वर्षमा बुटवलमा धेरै कामहरु भइरहेका छन् । त्यसैले यसलाई निरन्तरता दिँदै अन्य कामहरु पनि अघि बढाउँदै जाने सोँचका साथ म अघि बढेको छु । भष्ट्रचारको शून्य सहनशिलताको रुपमा अगाडि बढाउने गरी अघि बढ्ने छु । जनतालाई अनुभूति हुने गरी सेवा दिने म वचन बद्धता व्यक्त गर्दछु । यसकारण जनताले मलाई र एमालेलाई विश्वास गर्नुहुने छ ।

तपाइँको जीतका आधारहरु के–के हुन सक्छन् ?
–म यहि क्षेत्रमा धेरै वर्षदेखि बसेको व्यक्ति हुँ । म पहाडबाट बुटवलमा सरेर आएको नै २०२८ सालमा हो । २०२८ सालदेखि लगातार म बुटवलमा बसिरहेको छु । यसले गर्दा यहाँका प्रत्येक नशा–नशामा कसरी विकास गर्ने, कसरी विकासलाई अगाडि बढाउने , कुन खालको सामाजिक परिवेश छ । यहाँको आर्थिक स्थिति कस्तो छ ।

औद्योगिक विकास कसरी गर्न सकिन्छ भन्ने मापदण्ड नै बनाएर सबै जनताको बीचमा प्रतिवद्धता सार्वजनिक गरेका छौँ । त्यो प्रतिवद्धता अनुुुसार हाम्रीले काम गर्ने आवश्वास दिएका छौँ। त्यसैले गर्दा हाम्राले यहाँ जुन रुपमा काम गरेका छौँ । जनताले हामीलाई विश्वास गर्नु हुने छ र जनताको विश्वासलाई आत्मसमान गर्दै हामी अगाडि बढ्छौँ बुटवलवासीलाई म विश्वस्त पार्न चाहन्छु ।

मेरो सबैसँग व्यक्तिगत सम्बन्ध राम्रो भएको कारणले मेरो नेकपा एससँग मात्रै होइन कि नेपाली कांग्रेसका धेरै व्यक्तिहरु र उद्योगी व्यवसायीहरुले मलाई समर्थन गनुहुन्छ र सबैले मलाई तपाइँले टिकट लिएर आउनु पर्छ । तपाईलाई हामीले समर्थन गर्छौ भन्ने वचनबद्धता दिनु भएको छ । यो कारणले गर्दा यस पालिको निर्वाचनमा पूरै समानुपातिकमा भोट दिए जस्तो हुदैँन । स्थानीय निर्वाचनमा व्यक्ति पनि हेरिन्छ । यी कारणहरुले गर्दा जनताहरुको विश्वास म प्रति छ भन्ने लाग्छ मलाई ।

बुटवल एमालेको बलियो इलाका हो । विगतमा बुटवलमा एमालेले जो उठाएपनि जित्छ भन्ने थियो । अहिले पार्टी विभाजन भएको छ । अर्को तिर ५ दलिय गठबन्धन छ। चूनौती कत्तिको देख्नु भएको छ ?
–जति साथीहरु पार्टी विभाजन भएर जानु भएको छ । त्यसको दोब्बर नेकपा माओवादीबाट नेकपा हुँदा आउनु भएका धेरै साथीहरु एमालेमा हुनुहुन्छ । एमालेबाट एकिकृत समाजवादीमा जानु भएका साथीहरु भन्दा माओबादीबाट आएका साथीहरु एमलेमा दोब्बर बसेका कारण पार्टीका लागि संख्याको हिसाबले फरक पर्ने स्थिति छैन। केही अन्यले पनि हामीसित सम्पर्क गरि रहनु भएको छ ।

तर, एमालेबाट विभाजित भएर बन्नेको नेकपा एसले बुटवलमा एमालेलाई हराएरै छाड्छौ भनि रहेको छ नि?
–नेकपा एकीकृतको नारा नै एक पटक एमालेलाई हराउ भन्ने छ । यसकारण जनताहरुले कुरा बुझिसक्नु भएको छ । एसले आफूले जित्ने होइन एमालेलाई हराउन लागि अगाडि बढेको छ । यही कारण बुझेर एसमा गएका कार्यकर्ता पनि धमाधम एमालेमै फर्किनु भएको छ । आफू जित्न होइन कि अर्कालाई हराउन हामी अगाडि हिड्छौँ भन्ने कुन बाटोमा जान्छौ भन्ने कुरा बुझन्नु भएको छ । गएकालाई हामीहरुले बाटो गलत रहिछ भन्ने बुझेका कारणले हामी सहज रुपमा एमालेमा स्वागत गछौँ ।

बुटवलको जीत–हारको निर्णायक सुकुमबासी बस्ती हो । लालपूर्जा दिन्छौँ भन्दै सबै राजनीतिक दलले भोट माग्छन् । सत्तामा जाने भर्याङ मात्रै गराउने तर, जितेपछि वास्ता नगर्ने गरेको भन्ने तपाईहरु माथि आरोप छ । यस्तो अवस्थामामा तपाई कसरी विश्वस्त पार्न सक्नुहुन्छ । र, तपाई मेयरमा निर्वाचित हुनु भयो भने यसलाई कसरी समाधान गर्नु हुन्छ ?
–बुटवल उमहानगरपालिकाले वडाको लालपूर्जाको लागि र स्थायी बसोबासका लागि पूर्ण रुपमा ग्यारेन्टी दिएको थियो । अहिले उहाँहरु जहाँ बस्नु भएको छ । उहाँहरुको नाप–जाँच सबै भएर पूरा भइसकेको छ । नाप जाँचपछि उहाँहरुलाई निस्सा पनि दिएको थियो । निस्साको आधारमा उँहारुले लालपुर्जा पाउनेवाला हुनु हुन्थ्यो । भूमि व्यवस्थापन आयोग विविध कारणले समयमा बन्न सकेन् ।

किनभने नेकपा माओवादी र एमालेको पार्टी एकीकरण भएको थियो । आयोग बनाउने बेलामा कसका मान्छे राख्ने के गर्ने भनेर भावनात्मक एकता हुन सकेनन । यसले गर्दा समयमा काम हुन पाएनन् । जब भूमि आयोग बन्यो त्यो बनिसके पछि नाप जाँच गरेर लालपूर्जा दिने तयारीमा पुगिसकियोको थियो । तर, एकाएक सरकार परिर्वतनको कारणले लालपूर्जा दिने कुरामा पछि पर्न पर्यो । निस्सा वितरण भइसकेको छ अब त्यही निस्साको आधारमा जुनसुकै सरकार आएपनि नदिई उपाय नै छैन । यो दिने भनेको एमाले नै हो । अब म निर्वाचित भइसकेपछि यसको पहल गर्छु र उहाँहरुले लालपुर्जा पाउनु हुन्छ । अब ढुक्क भएर बस्न आग्रह गर्छु ।

बुटवलका सडक खाल्डा–खुल्डीयुक्त र धुलाम्य छन्। चौतर्फी आलोचना पनि भइरहेको छ । लामो समयदेखि बुटवलमा एमालेको नै नेतृत्व भएकाले यसको असर तपाइँलाई पर्ला नि?
–बुटवलको बारेमा आलोचना गर्ने ठाउँ नपाएपछि विपक्षहरुले यसलाई देखाएर आलोचना गर्नु भएको छ । बुटवलमा आउने मान्छे यो बाटो नभईकन कहि पनि जान नसक्ने भएकाले सबैको आँखा यसमा छ । तर, यो बुटवल उपमहानगरको अधिकारभित्र पर्दैन र उपमहानगरले चाहेर पनि बिना अधिकार गर्न पाउँदैन ।

संघीय अधिकार र बजेट अन्तर्गत पर्दछ । संघीय बजेट भएपछि संघीय निकायको टेन्डर हुन्छ । यहाँका घरहरु सरकारले बाटो चौडा गर्दै थियो । पहिलाका ७५ फुट भित्र घर पर्ने घरधनिहरुले मुद्धा दिनु भएको थियो । त्यो मुद्दाको फौसला नहुँदासम्म अदालतले रोक्दिएका कारणले समयमा बाटो निर्माण हुन सकेनन् । पछि अदालतबाट मुद्दा फैसला भयो । मुद्दा फैसला भइसकेपछि बाटोको पक्षमा भएर बाटोको निर्माणको काम सुरु हुनुपर्नेमा ठेक्कदारले राम्रोसँग नगर्ने र सरकारले समयमा पैसा नदिने यी कारणले गर्दा रोकियो । तर, यो संघीय बजेट भएका कारणले संघले गर्नु पर्ने हो । नगरले त्यसमा बजेट हाल्न मिल्दैन।

यहाँको मेयर शिवराज सुवेदीले धेरै कोशिस गर्नु भएको थियो । एमालेले धेरै पटक डेलिगेशन जाने, विरोध जनाउने, ज्ञापनपत्रहरु दिने गरेको थियो । यो गर्दा पनि समयमा हुन सकेन् र धेरै ढिलो भयो । ठेक्कदारले पनि समयमा काम नगरेकाले सडक एकदमै धुलाम्य र कुरुपको बजार जस्तो दिएको छ । यसले मलाई अप्ठारे महसुश भएको छ । तर, आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर भएको कारणले अलिकति समस्या छ । अहिले एमालेको प्रतिद्धन्दी पार्टीले पनि यो बाटोलाई देखाएर चुनाब जित्न सकिन्छ भन्ने दोष जति उपमहानगरपालिकालाई दिए र अगाडि बढ्न सकिन्छ कि भन्नु भएको छ । तर, यो संघीय बजेट भएकाले उहाँहरुले सकेको भएता सरकार परिवर्तन भएको पनि त धेरै भयो । अहिलेसम्म झ्याम झ्याम गरेर देखाइदिएको भए हुन्थ्यो ।

यो काम गरेका भए हामी आउने बित्तिकै यो काम गर्याे पहिला बुटवल यस्तो थियो । अहिले यस्तो छ भनेर भन्या भए पनि हुन्थ्यो । तर, उहाँहरुको अहिले पनि प्रतिपक्ष भावना भयो । किन भने बाटो यसरी देखाउन पाइयो भने हाम्रो केही भए पनि भोट बढ् थियो कि भन्ने । माथिबाट बजेट निकासा नगरिदिने । यी कारणले गर्दा नबुझने जनताहरुका लागि यो त नि भन्ने किसिमको कुरा आउँछ कि भन्ने मलाई धेरै समस्याको रुपमा लिएको छु ।

तपाइँले जित्नु भयो भने बुटवलमा सबै भन्दा पहिला के काम गर्नु हुन्छ ?
–हाम्रो प्रतिबद्धतामा शिक्षा, स्वास्थ्यमा बढी ध्यान दिन पर्ने मैले महशुस गरेको छु । बुटवल पर्यटकीय क्षेत्र हो । यो ऐतिहासिक क्षेत्र हो । यसकारण पर्यटन क्षेत्रलाई पनि अगाडि बढाउनु पर्छ । सौभाग्य के छ भन्दा लुम्बिनी प्रादेशिक अस्पताल यही छ । शंकर पोखरेल मुख्यमन्त्री हुँदा यस अस्पताललाई योजना बनाएर सोही योजना अनुसार भवन निर्माण गर्ने र सबै सेवा यहीबाट दिने भन्ने प्रतिबद्धता गर्नु भएको थियो । अहिले विभिन्न कारणले रोकिएको छ । यो कसैले रोकेर रोकिने वाला छैन् । यो हाम्रो शैभाग्य हो बुटवल भित्र छ । स्वास्थ्य, शिक्षा र जनतासँग प्रत्यक्ष सम्बन्ध भएका रोगजारीका कुरा, तालिम लगायतमा म विशेष ध्यान दिन्छु ।

तपाईले चुनावमा गरेको प्रतिबद्धता निर्वाचित भएपछि कार्यान्वयन गर्नु हुन्छ भनेर नागरिकले कसरी विश्वास गर्ने?
–यो भन्दा पहिलाका प्रतिबद्धताहरु पनि धेरै पूरा भएका छन् । अहिले पनि म पुरा गर्छु यो मेरो अठोट हो । किन भने म पनि यही बस्ने हो । यही ठाउँले मलाई चिनाएको छ । म जुन स्थितिमा प्रवेश गरेको थिए त्यही स्थितिमा बाहिर निस्केर पहिला जे थिए, म अहिले त्यही छु भन्ने देखाउने मेरा चाहाना छ । मैले भष्ट्रचारमा शून्य सहनशिलता लागू गरेर सम्पूर्ण कामहरु र प्रतिवद्धताहरु पूरा गर्ने गरी लाग्छु ।

बुटवलमा तपाइँका प्रत्यासी गोपाल रानाले टिकट पाउने चर्चा थियो । अन्तिममा समयमा तपाईको हातमा टिकट पर्याे । यसले पार्टीमा असन्तुष्टि देखिएको भन्ने छ । अब सबैलाई मिलाएर कसरी जानुहुन्छ ?
–यो प्रतिपक्षले असन्तुष्टि भए हुँदो हो भन्नेर बस्नु भएको थियो । हल्ला गरेर केही हुन्छ कि भन्नेर भनिएको हो । टिकट पाउने बेला निर्वतमान मेयर,गोपाल राना र म तीन जना सँगै थियौँ । जसले पाए पनि सबैसँगै प्रचार–प्रसारमा जाने , कसैले केही नगर्ने भन्नेर कुरा भएको थियो । भाग्यवस टिकट पाउने सैभाग्य मैले पाएँ । चर्चामा हामी सबै थियौँ ।

एउटा सिटलाई दुई वटा राख्न मिलेन । नमिलेपछि मैले पाए पछि उहाँले पाउनु भएन । उहाँले पाएको भए म पाउने थिएन। यसमा तिललाई पहाड बनाउन सकिन्छ कि भन्ने कोशिस मात्रै हो । हामी सँगै छौँ । उँहाको मनोवलमा पनि कुनै तलमाथि परेको छैन । गोपाल रानाले नै मलाई सबै भन्दा पहिला फोन गरेर शुभकामना दिनु भएको हो । पूर्णरुपमा सहयोग गर्छु भनेर वचन पनि दिनु भएको छ ।

निर्वाचन नजिकिँदैछ बुटवलबासीलाई के भन्न चाहानु हुन्छ?
–नेकपा एमालेले बुटवल सुविधा सम्पन्न बनाउनका लागि भरपुर काम गरेको छ । हामीले प्रतिवद्धता जाहेर गरेका छौँ । त्यो प्रतिबद्धता अनुसार हामी अगाडी बढ्ने छौँ । एमालेको प्रतिवद्धता सबै बुटवलबासीले पढ्न आग्रह गर्छु । भोलि निर्वाचित भइसके पछि यो प्रतिवद्धता जाहेर भएको थियो किन भएन भनेर तपाइँहरुले हामीहरुलाई घच–घचाउने काम गर्नुहोस् । त्यसको लागि म स्वागत गर्छु। सबैले मलाई मतदान गरेर विजय गराउन बुटवलबासी समक्ष हार्दिक अनुरोध गर्छु ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।