ताजा अपडेट »

बुटवलमा ३ सहित रुपन्देहीमा ४ जना लागु औषधसहित पक्राउ

विहीबार, ०८ बैशाख २०७९, १८ : ०८
8 Shares

बुटवल । रुपन्देहीमा लागु औषध सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्दार्थनगर नगरनगरपालिका–१० का शंकरपुर ३१ वर्षीय राज कुमार गुप्ता, बुटवल उप महानगरपालिका–११ का १९ वर्षीय रबिन चौहान, सोही ठाउँका २५ बिमल काउछा र वडा नम्बर ९ का २३ वर्षीय सागर थापा रहेको छन् ।

बुधबार राति राज कुमार गुप्तालाई भैरहवाको गल्लामण्डीबाट गश्तीमा खटिएको प्रहरी शंका लागि चेकजाँच नर्गे क्रममा लागु औधषसहित पक्राउ गरेको हो । उनका साथबाट प्रहरीले नाईट्रोभ्याट १०९ पत्ता, २७० ट्याबलेट र गाँजा ५० ग्राम फेला पारेको छ । यस्तै अन्य ३ जना बुटवलबाट बुधबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले२ ग्राम ८०० मिमिग्राम ब्राउन सुगर जस्तो देखिने सेतो धुलो, २ थान मोबाईल र नगद ३१ हजारहित पक्राउ गरेको हो । उनीहरु बुटवल उप–महानगरपालिका वडा नम्बर ११ मा बस्दै आएको कोठामा खानतलासी गर्दा लागु औधषसहित पक्राउ परेका हुन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।