ताजा अपडेट »

३३ वर्षअघि मुम्बईको कोठीमा दुई जना महिला बिक्री गर्ने पुरुष पक्राउ

विहीबार, ०८ बैशाख २०७९, १४ : ४५
2 Shares

पर्सा । जीउ मास्ने बेच्ने मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–३ बस्ने पर्सा साविक ठोरी गाबिस–९ घर भएका ५७ वर्षीय विष्णु बहादुर थापा छन् । उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनले २०४६ भदौ १८ गते दुई जना महिलालाई भारतको मुम्बईको कोठीमा लगी बिक्री गरेको प्रहरीले जनाएको छ । सोही घटनामा जिल्ला प्रहरी कार्यालय पर्साबाट जीउ मास्ने बेच्ने मुद्दा दर्ता भई अनुसन्धान तथा अभियोजन पश्चात पर्सा जिल्ला अदालतले २०६१ चैत १४ गते उनलाई १० वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना सजाय सुनाएको थियो । त्यसपछि उनी फरार रहेका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उदयपुर कटारी नगरपालिका–३ मा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि  पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।