ताजा अपडेट »

अर्घाखाँचीमा गठबन्धन सकस, भागबन्डा मिलाउँनै कठिन

सोमबार, ०५ बैशाख २०७९, १६ : ३५
6 Shares

अर्घाखाँची । अर्घाखाँचीका स्थानीय तहमा गठबन्धनबाट काे काे उम्मेदवार हुने भए ? जिल्लाभर यही विषयमा चर्चा परिचर्चा एवं छलफल हुने गरेकाे छ ।स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सत्ता गठबन्धन पक्षधर राजनीतिक दल निरन्तर छलफलमा रहे पनि हालसम्म साझा सहमति विन्दु भेटाउन सकेका छैनन् ।

साझा उम्मेदवार उठाउने र नेकपा एमालेलाई क्लिनस्विप गर्ने याेजनमा रहे पनि भागबन्डामै अल्झिदा चुनावी माहाेल समेत बन्न सकेकाे छैन ।नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमाेर्चा र एकीकृत समाजवादीकाे दाबी मिलाउन नसक्दा बाँडफाटमा ढिलाई भैरहेकाे नेपाली कांग्रेसका एक नेताले बताए । यद्यपि, चाडै टुङ्याउने प्रयास भैरहेकाे उनकाे भनाइ छ । 

'विभिन्न चरणमा छलफल भैरहेका छन् । सहमतिमा पुग्ने प्रयास जारी छ ।' नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भने 'सम्भवत आज साँझसम्म केही न केही निष्कर्ष आउँछ ।'

कहाँ अड्कियाे हलाे ?

विगतमा आफूले जितेका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका र शितगंगा नगरपालिकामा साेही अनुसारकाे हैसियत माओवादी केन्द्रले दाबी गरिरहेकाे छ भने मालारानी समेत पालिका प्रमुख र उपप्रमुखसहित केही केही वडामा माओवादीकाे दाबी छ ।

विगतमा एमालेले जितेका स्थान दाबी गरेकाे नेकपा एकीकृत समाजवादीले सन्धिखर्क र मालारानीमा  नेतृत्व मागिरहेकाे छ । सकेसम्म दुई पालिकासहित केही वडा मागिरहेकाे एकीकृत समाजवादीले कम्तिमा एक पालिका छाेड्नै नसकिने जनाएकाे छ । 

गत निर्वाचनमा भूमिकास्थानमा राम्राे मत पाएकाे र कार्यपालिकामा बहुमत भएकाे राष्ट्रिय जनमाेर्चाले भूमिकास्थानसहित अन्य पालिकामा दावी गरेकाे छ । जनमाेर्चाले भूमिकास्थानकाे नेतृत्वसहित पाँच वडा दाबी गरेकाे छ । त्यस्तै, मालारानीमा उपाध्यक्ष र सन्धिखर्कमा उपप्रमुखसहित केही वडामा जनमाेर्चाकाे दाबी छ ।

एमाले प्रवेश गरेका टाेपबहादुर रायमाझीलाई यसपटक संघीय संसद छिर्नबाट राेक्ने मनसाय बाेकेकाे माओवादी केन्द्र जसरी पनि गठबन्धन कायम गर्ने पक्षमा छ । यद्यपि, माओवादीले बढी भाग खाेजेका कारण गठबन्धननै संकटमा परेकाे ती नेताले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।