ताजा अपडेट »

माओवादी केन्द्र पुनर्गठन अभियान्ता आनन्दराम फुयाल माओवादी केन्द्रमै प्रवेश

सोमबार, ०५ बैशाख २०७९, १५ : ४१
4 Shares

काठमाडौं । गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) पुनर्गठन अभियाका नेता आनन्दराम फुयाल नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । 

उनले समाजवादी क्रान्तिको कार्यभार माओवादीमा आबद्ध भएर पूरा गर्ने प्रतिबद्धता जनाए । माओवादी केन्द्रलाई जनताबीचमा लोकप्रिय दल बनाउने उनको प्रतिवद्धता छ । नेता फुयाल नेकपा एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता हुँदा असन्तुष्ट भएका थिए । त्यसपछि किराँती नेतृत्वमा रहेर माओवादी केन्द्र पुनर्गठन अभियान सञ्चालन गरेका थिए । 

माओवादीमा प्रवेश भएका नेताहरूलाई उचित जिम्मेवारी  दिने माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।