ताजा अपडेट »

बस पल्टिदा चालकसहित २४ जना यात्रु घाइते

सोमबार, २८ चैत्र २०७८, ११ : ५४
12 Shares

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकमा सोमबार बिहान बस पल्टीदा चालक सहित बसमा सवार २४ जना यात्रु घाइते भएका छन् ।  घाइते मध्ये ५३ बर्षीया कमला श्रेष्ठ राइको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उनको जनकपुर स्थित रामा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । पारिश्रमिक सहकारी संस्था मोरङबाट भ्रमणको लागी प्युठान पुगेर मोरङतर्फ फर्कदै गर्दा प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस आज बिहान पौने ४ बजे दुर्घटनामा परेको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।