ताजा अपडेट »

बीपीचोकमा कारको ठक्करबाट तीन जना पैदलयात्रीको मृत्यु

सोमबार, २८ चैत्र २०७८, ११ : २२
30 Shares

काठमाडौं ।  बाँकेको नेपालगन्ज उपमहानगरपालिका–११ बिपिचोकमा आइतबार राति कारको ठक्करबाट तीनजना पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया समिना ईद्रिसी, ५ वर्षीय कलिम ईद्रिसी र ५ बर्षकै अली अन्सारी रहेका छन् । कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा रातीनै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार कारकादोबाट गणेशमान चोकतर्फ जादै गरेको प्रदेश नम्बर ३–०१–०२३ च ८४८१ नम्बरको कारले पैदल हिडिरहेका उनीहरुलाई गएराती पौने १२ बजे एकैसाथ ठक्कर दिएको थियो । कार सहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।