१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

काठमाडौं । एएफसी फुटसल एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ को अन्तरले पराजित भएको छ ।

Advertisement

कीर्गिस्तानको बिश्केकमा भएको खेलमा उज्वेकिस्तानलाई जित दिलाउन रोपिइभ इख्तियोरले दुई तथा खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले समान एक एक गोल गरे ।नेपालका मणि लामाले एक मात्र गोल फर्काए ।

एसियाली छनोटमा बलियो मानिएको उज्वेकिस्तानले पहिलो हाफमै तीन गोल गरेको थियो । नेपालले दोस्रो हाफमा एक गोल फर्कायो । खेलको दोस्रो मिनेटमै निशोनोभले गोल गर्दै उज्वेकिस्तानलाई अग्रता दिलाए । ११औँ मिनेटमा अकबरले दोस्रो गोल गरे भने इख्तियोरले १६ मिनेटमा गोल गर्दा नेपाल पहिलो हाफमा ३–० ले पछि पर्याे । 

२८ मिनेटमा रिवाउण्ड बलमा मणिले गोल गर्दै अग्रता ३–१ मा झारे । ३२ मिनेटमा इख्तियोरले व्यक्तिगत तेस्रो गोल गरे भने एब्बोसले ४०औँ मिनेटमा गोल गर्दै उज्वेकिस्तानलाई ५–१ को सहज जित दिलाए । 

समूह ’बी’ मा रहेको नेपालले दोस्रो खेलमा सोमबार ताजकिस्तानसँग खेल्नेछ भने अन्तिम खेल २९ चैतमा अफगानिस्तानसँग खेल्नेछ । 

प्रतिकृया दिनुहोस्

Flash News

हिजाब नलगाएपछि सरकारले भत्कायो इरानी आरोहीको घर सामाजिक सुरक्षामा तीस प्रतिशत आबद्ध इन्डोनेसियामा शक्तिशाली भूकम्प माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय उपमेयर डंगोलको निर्देशन: आकाशे पुल तत्काल मर्मत गर्नु, बार घटाएर पारदर्शी बनाउनू भूमि आयोगको सूचनापछि काठमाण्डौंमा थप आक्रामक बन्दै उपत्यका विकास प्राधिकरण नेत्रहीन टी-२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय पहाडी क्षेत्रमा बदलीको सम्भावना सजिलो सहकारीको छैटौं अधिवेशन, अध्यक्षमा पुनः पोख्रेल बुटवल तथा सैनामैनाका यी स्थानमा आइतबार विद्युत अनियमित हुने (सूचनासहित) देवदहकी दिपा मृगौला रोगले पीडित, सहयोगका लागि परिवारको अपिल दाङमा चार महिनामै थपिए करिब तीन सय उद्योग, ६१ करोड बढीको पूँजी लगानी भैरहवामा मंसिर १८ देखि अन्तर विद्यालय टि-२० क्रिकेट अमरज्योतीको १४ औं वार्षिक साधारणसभा तिलोत्तमाको मेलामा दर्शकको चाप बढ्दै, शनिबार मात्रै ५० हजारले अवलोकन गरेको दाबी ‘परदेशको पसिनाको उचित प्रतिफल निकाल्न राज्यको ध्यान जानुपर्छ’ बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ओम ज्ञवाली डुब्न थालेपछि रुपन्देहीका सहकारीहरु एक ठाउँमा, संकट टर्नेमा अभियान्ताहरुकै आशंका