२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

बुटवल । कपिलबस्तुको एक विद्यालयमा विद्यार्थीको दुई समूह बीचको आपसी झडपमा परी दर्जन बढी घाइते भएका छन् । जिल्लाको विजयनगर गाउँपालिका–१ स्थित गुगौली दुधाधारी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरु बीच पेनले घोचेको निउँमा आइतबार झडप भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी प्रमुख दानबहादु र कार्कीका अनुसार ‘बुधबार होलिको दिन पेनले घोचेको विषयलाई लिएर सोही दिन पनि सामान्य झगडा भएको थियो । आज सोही विषयलाई लिएर झडप भएको हो ।’

झडपमा परी दर्जन बढी सुरक्षाकर्मी तथा केही विद्यार्थीहरु घाइते भएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी प्रमुख रण बहादुर विष्टले ग्लोबल आवाजलाई जानकारी गराए । गएको बुधबार कक्षा कोठामा विद्यार्थीहरु बीच पेनले घोचेको विषयम सुरु भएको सामान्य विवादले आइतबार उग्र रुप लिएको हो ।

यसरी सुुरु भयो घटना

विद्यालयका प्रधानध्यापक सुकदिप प्रसाद कोरीका अनुसार कक्षा १० मा अध्ययरत विद्यार्थीहरु मनिष दर्जी, कैलाश सुनार, नविन मगरको समूहले सोही कक्षामा अध्ययनरत उमेश यादवलाई कुटपिट गरेपछि घटना सुरु भएको थियो । ३ जना विद्यार्थीले उमेशलाई कुटपिट गरेपछि उनले पनि विद्यालयबाहिबार मान्छे बोलाएर मनिष, कैलाश र नविनलाई कुटपिट गरेका थिए । उक्त घटना लगत्तै विद्यालयले विद्यार्थीहरुलाई छलफलमा राखी थप छलफल गर्नेगरी आज आइतबार विहान ११ बजे उपस्थित हुने गरी उनीहरुका अभिभावकलाई पत्र काटेको थियो ।

विद्यार्थी बीच उत्पन्न विवाद समाधानका लागि छलफल सुरु हुन नपाउँदै विद्यार्थीहरु मनिष, कैलाश र नविनले बाहिरबाट मान्छे बोलाएर आइतबार विहान साढे १० बजेको समयमा आफू विरुद्धका विद्यार्थीलाई कुटपिट गरेका थिए । घटनाको विवरण सुनाउँदे प्रधानाध्यापक कोरीले भने बाहिरका मानिसहरु आएर कुटपिट गर्न लागेपछि ज्यान बचाउन अर्को समूहका विद्यार्थी (उमेश यादवको समूह) विद्यालय छाडेर गाउँतर्फ भागे । गाउँतर्फ भागेका उमेशको समुहलाई भागिएरहेको अवस्थामा गाउँलेहरुले देखेपछि उनीहरुलाई साथ दिँदै पुनः विद्यालय फर्किएर आए ।

विद्यालय उमेशको समूहमाथि कुटपिट गर्ने समूहलाई गाउँलेहरुले कुटपिट गर्न थाले । घटनाले उग्र रुप लिने देखेपछि विद्यालयका शिक्षकहरुले मनिष, कैलाश र नविनको समूहलाई कोठाभित्र थुनेर सुरक्षित राख्ने प्रयास गर्यो । यसरी उनीहरुलाई कोठामा थुनेर राखेपछि गाउँलेहरु थप आक्रोसित हुँदै उनीहरुलाई राखेको कोठामै आक्रमण गर्न लागे ।

थप अप्रिय घटना हुनबाट बचाउँनका लागि गणेशपुर प्रहरी चौकीमा खबर गरेपछि ४/५ जनाको संख्यामा प्रहरी आयो । प्रहरीले उक्त भिडलाई थाम्न सकेन तत्काल थप सुरक्षाकर्मी खटाइयो । उक्त घटनामा कुटपिट गर्नेलाई बचाएको आरोप लगाउँदै गाउँलेहरुले प्रहरीमाथि नै ढुङ्गामुढा गर्दा दर्जन बढी प्रहरी घाइते भएको बताइएको छ ।

घाइतेहरुको स्थानीय मेडिकलमा उपचारमा भइरहेको प्रहरीले जनाएको छ । झडपले उग्र रुप लिन लागेपछि नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ । दिनभर तनावग्रस्त बनेको उक्त विद्यालयको दर्जन बढी कम्युटरमा क्षति पुगेको छ । घटना अहिले सामान्य भएको प्रहरीले जनाएको छ । आपसी झडपका कारण दिनभर पठनपाठन समेत ठप्प भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ? नागरिकता विधेयक : मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश