१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023


बुटवल । ‘मिष्टर रुपन्देही’ को उपाधि अनिश थापाले हात पारेका छन् । एक्टिभ प्लस जिम एण्ड फिटनेसकाे आयोजना तथा रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघकाे सहकार्यमा शनिबार सम्पन्न ‘मिष्टर रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता- २०७८’ उपाधि थापाले जितेका हुन् ।

Advertisement

७० केजी माथिको वजन समुह बिजेता भइ फाईनलामा पुगेका नेपाल जिम एण्ड फिटनेसका उनले प्रतियोगितामा सहभागी ४४ जना प्रतिस्पर्धी खेलाडीलाई पाखालगाउँदै मिष्टर रुपन्देहीको उपाधिसँगै ५१ हजार नगद र ट्रफि हात पारे । ५५ केजी तौल समूहतर्फ क्रमशः याेवर्स मल्टि फिटनेस सैनामैना राेशन श्रेष्ठ प्रथम, फिट २४ हेल्थ एण्ड फिटनेस क्लबका स्यामुल गुरुङ द्वितीय र राेयल आइरन जिम बलराम डुम्रे तृतीय भए । ६० केजि वजन समुहमा कृष्ण जिम एण्ड फिटनेस चन बहादुर थापा प्रथम नेपाल जिम एण्ड फिटनेस माेहम्मद जुमराती दोश्रो युवाेर्स मल्टि फिटनेस सैनामैना बिबशजंग पाण्डे तृतीय भए ।

त्यस्तै ६५ केजी तौल समूहमा राेयल आइरन जिमकम अमित पंगेनी प्रथम, डायनेष्टी फिटनेस क्लबका सिद्धार्थ भण्डारी क्षेत्री दोश्रो र एस एस फिटनेस एण्ड एराेविकका विशाल कुमार निशाद तेस्रो भए । ७० केजी वजन समुहमा एस एस फिटनेस एण्ड एराेविकका राकेश यादब प्रथम, हेमर फिटनेसका संजय कुमार पाठक दोश्रो र एक्ट्रिम फिटनेस क्लबका आकाश राना तेस्रो स्थानमा चित्त बुझाए।

त्यसैगरी ७० केजी माथिको वजन समुहमा नेपाल जिम एण्ड फिटनेसका अनिश थापा प्रथम, हेमर फिटनेस बिष्णु निशाद दोश्रो तथा डायनेष्टी फिटनेस क्लबका आदित्य श्रेष्ठले तृतीय भएको रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले बताए । समूह चरणका खेलका बिजेता खेलाडीहरुलाई प्रमाणपत्र मेडल प्रदान गरिएको कार्यक्रम संयोजक सरोज सिहले जानकारी दिए । कार्यक्रम एक्टिभ प्लस जिम एण्ड फिटनेसका प्रोपराइटर पुरन बहादुर चौहानको अध्यक्षतामा भएको थियो ।

ताैल समुहबाट विजेता बन्दै छनाैट चरण पार गरेका पाँच जना बिजेताहरु वीच फाइनल प्रतिस्पर्धा गराइएको थियो । फाइनल राउण्डमा बजन समूह बिजेताहरु राेशन श्रेष्ठ,चन बहादुर थापा,अमित पंगेनी,राकेश यादब रअनिश थापा बीच भिडन्त भएको थियो । जस्मा अनिश थापा प्रथम हुदै ५१ हजार हात पारे भने राकेश यादब दाेश्राे हुदै २५ हजार प्राप्त गर्न सफल भए ।

तेश्राे भए चन बहादुर थापाले १५ हजार, अमित पंगेनी चाैथाे हुदै दस हजार र राेशन श्रेष्ठ पाचौं भएर पाँच हजार हात पारे। प्रतियोगितामा बेष्ट पाेजर माेहम्मद जुमरातीले पाउन सफल भएका थिए ।

तेश्राे भए चन बहादुर थापाले १५ हजार, अमित पंगेनी चाैथाे हुदै दस हजार र राेशन श्रेष्ठ पाचौं भएर पाँच हजार हात पारे। प्रतियोगितामा बेष्ट पाेजर माेहम्मद जुमरातीले पाउन सफल भएका थिए ।

पुरस्कृत खेलाडीहरुलाई विशिष्ट अतिथिहरु खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठ तथा वडा न १३ बुटवल उपमहानगरपालिकाका अध्यक्ष नारायण पुन, कार्यक्रमका अध्यक्ष पुरन बहादुर चौहान,रुपन्देही जिल्ला जिम तथा फिटनेस व्यवसायी संधका अध्यक्ष विजेन्द्रमान श्रेष्ठ लगायतले नगद, ट्रफी सहित पुरस्कारहरु प्रदान गरे।

कार्यक्रमका विशिष्ट अतिथीका रुपमा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जय प्रकाश भट्टराईकाे समेत उपस्थिति थियो । कार्यक्रममा निर्णायकहरु मुख्य निर्णायक श्याम श्रेष्ठ,अन्तराष्टिय निर्णायक क्रमश बुद्धि जंग कार्की, केशव बहादुर शाक्य तथा राष्ट्रिय निर्णायक शिवध्वज राई, राज कुमार श्रेष्ठ, उत्तम उदास सुरज श्रेष्ठ र निर्णायक अर्जुन गिरिले गरेका थिए । बुटवलको बेलबास स्थित नमस्ते पार्टी प्यालेसमा भएको कार्यक्रमकाे संचालक संचालन सुमन श्रेष्ठले तथा मार्शल अमिर थापाले गरेका थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था