May 28, 2023
भैरहवा । लुम्बिनीमा जारी पडरिया लुम्बिनी नक आउट इन्डो नेपाल क्रिकेट टूर्नामेन्टको फाइनलमा आयोजक लुम्बिनी नव यूवा क्लब र एमएफसी उस्का बजार भिड्ने भएका छन् । लुम्बिनीको पडरियमा आईतबार उक्त खेल हुने आयोजकले जनाएका छन् ।
सेमीफाइनल म्याचमा आयोजक लुम्बिनी नव युवा क्लबले ग्राण्ड कस्मोलाई र उस्काले सुपर स्टार विजयनगरलाई हराउदै फाईनलको यात्रा तय गरेका हुन्।
लुम्बिनी नव यूवा क्लबको अयोजनामा “पडरिया लुम्बिनी नक आउट ईण्डो नेपाल क्रिकेट टूर्नामेन्ट ” सम्पन्न हुँदैछ । फागुन २१ गते बाट आयोजना भईरहेको प्रतियोगितामा नेपालका १६ र भारतका १६ गरि ३२ वटा क्रिकेट टिमले सहभागीता जनाएका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख २५ हजारको प्रथम पुरस्कार र द्धितिय हुनेलाई ७० हजार दिईनेछ । साथै म्यान अफ द मैच, म्यान अफ द सिरिज, बेष्ट बलर, बेष्ट ब्याट्सम्यानलाई पनि पुरस्कारको ब्यवस्था गरिएको छ ।
प्रतिकृया दिनुहोस्