ताजा अपडेट »

तराइमा होली पर्व मनाईंदै

शुक्रबार, ०४ चैत्र २०७८, ०७ : १७
4 Shares

बुटवल । तराई-मधेस क्षेत्रमा आज होली पर्व मनाईंदैछ । हिजो पहाडी जिल्लाहरुमा होली अर्थात फागु पर्व मनाइएको थियो ।

सामुहिक रुपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । होली पर्व आपसी सद्भाव, भातृत्व र आत्मीयताको प्रतिक मानिन्छ ।

होलीका अवसरमा विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रमहरु गरेर समेत खुसी साटासाट गर्ने गरिन्छ । पहाड तथा हिमाली क्षेत्रमा मनाइने फागु पूर्णिमा आज तराईमा होलीको नामबाट मनाइँदै छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।