२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023


हेग । राष्ट्रसंघको अन्तराष्ट्रिय न्यायालय (आइसीजे) ले रुसलाई युक्रेनमाथि भइरहेको हमला तत्काल रोक्न आदेश दिएको छ । युद्धका लागि रुसी प्रशासन क्रेमलिनको औचित्यलाई समर्थन गर्ने कुनै प्रमाण नदेखेको भन्दै अदालतले जनाएको छ । त्यस्तै युक्रेनले देशको पूर्वी भागमा रुसीभाषीविरुद्ध नरसंहार गरेको पनि अदालतले जनाएको छ ।

अदालतका १५ जना मध्ये १३ न्यायाधीशहरुले युक्रेनमा २४ फेब्रुवरीदेखि भइरहेको सैन्य कारबाही रोक्न भनेका छन् । रुसी र चिनियाँ न्यायाधीशहरुले मात्र आदेशको विपक्षमा मतदान गरे । न्यायाधीशहरूले विवादलाई बढावा दिने वा फैलाउन सक्ने कुनै पनि कार्यबाट टाढा रहन युक्रेन र रसियालाई आदेश दिएका छन् । आफ्नो निर्णयमा अदालतले युक्रेनमा रूसको आक्रमणलाई अमेरिका र नेटोले जस्तो ‘युद्ध’ भनेर उल्लेख गरेको छैन । 

फैसलापछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भनेका छन्, ‘युक्रेनले अन्तर्राष्ट्रिय अदालतमा रुसविरुद्धको मुद्दामा पूर्ण जित हाँसिल गरेको छ । ’ रुसले सो फैसला मान्नै पर्ने उनले बताए । ‘फैसला बेवास्ता गरेमा रुस थप एक्लिन सक्छ ’, उनले भने ।  सो फैसला धेरै हदसम्म प्रतिकात्मक हुन सक्छ । रूसी प्रतिनिधिहरू गत साता सुनुवाइमा देखा परेका थिएनन् । हेगस्थित  अन्तर्राष्ट्रिय फौजदारी अदालतका उच्च अभियोजनकर्ताले मार्चको सुरुमा युक्रेनमा रुसले गरेको सम्भावित युद्ध अपराधको अनुसन्धान गर्ने घोषणा गरेका थिए ।-एजेन्सी

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड केवलकार चढेर पुगे पाल्पाको बसन्तपुर डाँडा घट्यो सुनको मूल्य नेता ठेकेदारको बचाउ नगर्न देउवा र ओलीलाई पत्राचार यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर चौतारा संरक्षणमा राइनासका युवा दर्शक पाठक घटेर समस्यामा भोगिरहेको सिएनएनवाट सिइयोको राजिनामा मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक