ताजा अपडेट »

गुल्मीमा ट्याक्टर दुर्घटना, ३१ वर्षीय रेशमको मृत्यु

विहीबार, ०३ चैत्र २०७८, ०९ : ०६
26 Shares

गुल्मी। गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर-१ झेदीमा लु ३ त २८३३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा परेर ट्याक्टर चालक जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-६ निवासी ३१ वर्षको रेशम कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना स्थलबाट चालकको अचेत अवस्थामा उद्धार गरिएको थियो ।

दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिव ३ सय मिटर तल खसेको छ । ट्याक्टरले झेदी स्थित सडक निर्माणमा काम गर्दै आएको प्रहरीले जनाएको छ । मृतक चालकको शव पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।