ताजा अपडेट »

मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु

बुधबार, ०२ चैत्र २०७८, १६ : २८
8 Shares

काठमाडौं । उदयपुरको बेलका नगरपालिका–६ जोगेनीमा बुधबार मोटरसाइकलको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका–३ की ७६ वर्षीया राम माया आलेमगर रहेकी छन् । 

स ७ प ८६९२ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेकी आलेमगरलाई बुधबार बिहान पौने ११ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।