१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

गुल्मी ।  २०५२ सालमा स्थापना भएको जोहाङ स्वास्थ्य चौकीकाे छानाले पानी छेक्दैन । चौरको कुनामा पुरानो एक छाप्रे जोहाङ स्वास्थ्य चौकी, कसैले पनि त्यस भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको कल्पना गर्दैनन् । तर, कार्यालयलाई बाध्यता परिरहेको छ, पुरानो भवनबाट सेवा प्रवाह गर्नुपर्ने ।   

Advertisement

भवन नहुँदा साँघुरो र जीर्ण भवनमा प्रशासन, स्टोर, स्वास्थ्य परिक्षण, ड्रेसिङ र सुरक्षित मातृत्वका सबै काम गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यचौकी इन्चार्ज लक्ष्मण कामीले गुनासो गरे । उनले पुराना भवन सेवा प्रवाहसँगै पानी चुहिएर र मुसाले फाइल काटेर हैरान बनाएको बताए । जोहाङ स्वास्थ्यचौकीसँगै सत्यवतीका तीन स्वास्थ्यचौकीका भवन अलपत्र छन् ।

संघीय आयोजना कार्यान्वयन इकाई  रुपन्देहीमार्फत ०७६ सालमा सत्यवती गाउँपालिकाका तीन स्वास्थ्यचौकी निर्माणको लागि डी.एण्ड.डी कन्स्ट्रक्सनले निर्माण सम्झौता गरेको छ । तर, निर्माण व्यवसायीको काम सुस्ताएको कारण सत्यवती गाउँपालिका ४, ५ र ६ वडाका क्रमश लिम्घा, हँसरा र जोहाङ स्वास्थ्यचौकीको स्टक्चरबाहेकको काम भएको छैन।

पछिल्लो एक वर्ष काम नै नभएपछि स्थानीयले निर्माण व्यवसायी र कार्यालयको आलोचना गर्न थालेको सत्यवती गाउँपालिका ६ जोहाङका युवा सुभाष न्यौपानेले बताए । एउटै निर्माण व्यावसायीलाई तीनवटा ठेक्का पाएका छन् । ठेक्का लिने, तर काम नगर्ने प्रवृत्तिले नागरिक र कार्यालय पनि आजीत हुने गरेका छन् ।

संघीय आयोजना कार्यान्वय इकाई रुपन्देहीका इन्जिनियर टीका थापाले भने निर्माण व्यवसायीले समयमै काम नगरेकाले समस्या आएको बताए । उनले तीनवटै स्वास्थ्यचौकीको काम डी.एण्ड.डी कन्स्ट्रक्सनले गरिरहेको र सबैको काममा ढुलासुस्ती भएको विषयमा कार्यालय गम्भीर भएर निर्माण व्यवसायीलाई अन्तिम ताकेता गरिरहेको बताए । 

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था