ताजा अपडेट »

प्रचण्डलाई काँग्रेस नेता कोइरालाकाे जवाफ : स्थानीय चुनावमा गठबन्धन स्वीकार्य छैन

विहीबार, २७ माघ २०७८, ११ : ४१
2 Shares

काठमाण्डाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर चुनावी गठबन्धन नगर्ने जवाफ दिएका छन् । विहिबार प्रचण्ड निवास खुमलटार पुगेका उनले कम्युनिष्टले कांग्रेसलाई भोट दिने विश्वास आफूलाई नभएको बताउँदै गठबन्धन नगर्ने जवाफ दिएका हुन् ।

समसामयिक राजनीतिक विषयमा करिब एक घण्टाको छलफलमा माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनका लागि कोइरालासँग आग्रह गरेका थिए । निर्वाचनपछि भने माओवादी र काँग्रेस बीच् गठबन्धन गर्न सकिने बताउँदै कोइरालाले स्थानीय चुनावमा गठबन्धन नगर्नका लागि अन्तिमसम्म वकालत गरिरहने बताएका थिए । भेटमा प्रचण्डले तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धनको सहकार्य हुनु उपयुक्त हुने प्रस्ताव गरेका थिए ।

नेता कोइरालाले भने कांग्रेसका अधिकांश नेता कार्यकर्ता चुनावी तालमेलको पक्षमा नरहेको भन्दै राजनीतिक सहकार्य र चुनावी गठबन्धन फरक कुरा भएको बताए । बैठकमा एमसीसीबारे पनि छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।