ताजा अपडेट »

एसईई वैशाख ९ गतेदेखि

बुधबार, २६ माघ २०७८, १८ : ४१
4 Shares

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम शुरू गरिसकेको छ । निर्वाचन गराउन कर्मचारी खटिनुपर्ने भएकाले परीक्षा प्रभावित हुनसक्ने भन्दै त्यसअघि नै परीक्षा सक्ने योजनाका साथ बोर्डले उक्त निर्णय गरेकाे हो । 

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षा ताेकिएकाे छ । कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको पनि उनले बताए ।

परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने बोर्डले जनाएकाे छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।