ताजा अपडेट »

प्रेस चौतारी नेपालद्वारा विभिन्न पुरस्कार घोषणा

शनिबार, २२ माघ २०७८, २० : २०
4 Shares

काठमाण्डौं । प्रेस चौतारी नेपालले २४ औं स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको छ । १२ र १३ पुसमा ०७८ मा लुम्बिनीमा सम्पन्न संगठनको केन्द्रीय समितिद्वारा पूर्व वरिष्ठ उपाध्यक्ष श्रीधर आचार्यको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार सिफारिस समितिको सिफारिसअनुसार उनीहरूलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

प्रेस चौतारी नेपाल ०५५ सालमा स्थापना भएको हो । ७ मंसिर ०५५ मा वरिष्ठ पत्रकार विजय चालिसेको संयोजकत्वमा गठित संगठनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरी प्रमाणपत्र प्राप्त गरेको दिन २२ माघलाई स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । पुरस्कार महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट पुरस्कृत गर्ने कार्यक्रम छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।