ताजा अपडेट »

देशभर १७१४ कोरोना संक्रमित थपिए, थप ९ जनाको मृत्यु

शनिबार, २२ माघ २०७८, १७ : ५४
13 Shares

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार ५ सय १३ स्वाब परीक्षण गर्दा १ हजार ७ सय १४ संक्रमित थपिएका हुन् ।

शुक्रबार ११ हजार ७३ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ५ सय २६ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नौ जनाले ज्यान गुमाएका छन् । र, सोही अवधिमा ४ हजार ७ सय ७१ जना संक्रमण मुक्त भएका छन् । आज थपिएकासँगै देशभर ५२ हजार ७ सय ८० जना सक्रिय संक्रमित रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।