ताजा अपडेट »

समाजवाद र नेपाली अर्थतन्त्र

शुक्रबार, २१ माघ २०७८, १८ : ५८
54 Shares


कुनैपनि देशमा कस्तो प्रकारको अर्थ राजनीतिक मोडलले सफलता प्राप्ति गर्दछ भन्ने कुरा सोही देशको आर्थिक संरचनामा आधारित हुने हो । समाजको बनोटमा , समाजका सम्पूर्ण विशेषताहरु र सामाजिक आर्थिक विकासका पूर्वाधारहरुको सम्बन्ध स्थापित भएका हुन्छन् ।

वर्तमान समयमा नेपाली अर्थतन्त्रलाई कस्तो आकारको बनाउने भनेर विगतमा सोभियत संघले अख्तिार गरेको आर्थिक ढाँचा र चीनले अनुशरण गरिरहेको बजार आधारित आर्थिक संरचना तथा भियतनाम, क्युवा आदिका संरचनागत समायोजन, फ्रान्सको आर्थिक मोडल , अमेरिकाको आर्थिक उदारीकता आदिमा विभित्र कोणबाट व्याख्या गरिएको छ । नेपाली अर्थतन्त्र ग्रामिण र व्यवस्थित रुपमा सञ्चालन भएको शहरीया वितिय व्यवस्थाको मिश्रित रुप भएकोले सोहि अनुसारको मौलिक नमुना विकास गर्नमा देशका अर्थशास्त्रिहरुको जोड रहेको छ ।

वर्तमान समयमा नेपाली अर्थतन्त्र उपभोक्ता अर्थतन्त्रको रुपमा विश्व अर्थतन्त्रमा चित्रण भएको अवस्थामा हामीले विकसित गर्न खोजेको आर्थिक मोडलमा उत्पादन तथा यसका साधनहरुमा स्वभाविक रुपमा पूँजीवादी अर्थव्यस्था र समाजवादी अर्थव्यवस्थाका बाछिटा रहनेछन । विश्व अर्थतन्त्रमा बजार समाजवाद, साम्यवादको अभ्यासमा पनि वस्तु तथा सेवाको विनिमय गर्ने माध्यमका रुपमा नै रहने छ । यद्यपी यसमा सरकारको भुमिकाले देशमा समाजवादी आर्थिक अर्थतन्त्र स्थापित हुने वा नहुने कुराको निक्र्यौल हुनेछ ।

समाजवादी अर्थ राजनीतिको मूल आघारभूत प्रश्न सामाजिक उत्पादनको न्यायिक वितरण नै हो । जसको माध्यम बजार अर्थव्यवस्था नै हो । आजको नेपाली आर्थिक प्रणलीले बजार संयन्त्रलाई विश्वास गरिसकेको अवस्था छ । यस्तो परिवेशमा आम नेपालीहरुको आर्थिक क्रियाकलापहरुलाई समाजवादको आधाशिला तयार पार्ने कार्यमा रुपान्तरण गर्न निकै नै चूनौतीपूर्ण रहेको छ ।

यसैगरी आर्थिक स्वतन्त्रताका लागी स्थापना र सञ्चालन गरिएका बैंकिङ प्रणाली, फिनान्स क्यापीटल र मोनोपोली क्यापिटलको र साम्राज्यवादी स्टेट क्यापिटलबीचको कार्यात्मक सम्बन्ध, शेयर मार्केट प्रतिको नेपालीहरुको प्रेम आदिका मध्यमबाट बिस्तारित हुदै गएको विश्व पूँजीबजारको एकीकरण आदिले सिर्जना गरेको आर्थिक प्राविधिक जटिलताका कारणले गर्दा विश्व अर्थतन्त्रमा समाजवादी आर्थिक मोडलका विषयमा वहस सुरुवात भएको छ ।

यस्तो अवस्थामा नेपालको वर्तमान संविधानले परिकल्पना गरेको समाजवादन्मुख आर्थिक मोडलका विषयमा वहसको सञ्चालन र सो को माध्यमबाट दलाल पूँजीवादको अन्त्य र राष्ट्रिय पूँजीको विकास हुने किसिमको समाजवादी आर्थिक मोडल नेपालले प्रतिपादन गर्न सक्नु पर्दछ । अन्यथा नेपाली अर्थतन्त्र पुनः उपभोक्ता अर्थतन्त्रमा रुपान्तरण हुनेछ ।

समाजवादमा जहाँ श्रमको आधारमा लोक कल्याणकारी राज्य व्यवस्था स्थापित गर्ने सामाजीक वितरण प्रणाली अस्तित्वमा रहन्छ । जसका कारणले उत्पादित वस्तुले आफ्नो मूल्य गुमाएको हुँदैन तथा वितरण प्रणालीमा विनिमयको मनीकमोडिटी सम्बन्ध जीवित रहन्छन । जसलाई बजार अर्थतन्त्रले मूर्तरूप दिन्छ । अर्थात पँुजीवादी व्यवस्था पुनः समाजवादको सहयोग बनेर आउने र अर्थतन्त्र कोल्यापस बनाउने चुनौती रहने भएकोले नेपालले समाजवादी आर्थिक मोडल बनाउदा विदेशी विज्ञको सहयोगमा नभई नेपालीहरुको सहभागितामा बनाउदा अर्थतन्त्रका सम्भावित दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।

समाजवादी अर्थव्यवस्थामा बस्तु ,उत्पादनका साधन र बजारका अन्तरसम्बन्धको पहिचान गर्न विगतमा पनि जटिलता थियो र यसमा धेरै बहस , संवाद, छलफल र अवधारणा आएका हुन् । यसै कारणले गर्दा हाम्रो कृषिमा आधारित अर्थतन्त्रलाई वर्तमान समयमा संविधान अनुसार समाजवादी व्यवस्थामा रुपान्तरित गराउँदा आधारभूत आर्थिक पक्षहरुका बीचमा अन्यौलता कायमा राखिएमा नेपाली अर्थतन्त्रले संघिय समाजवादी अर्थतन्त्रलाई चलायमान बनाउन व्यवहारिक रुपमा कठिन हुनेछ । सोभियत संघले बजारलाई राज्यको नियन्त्रमा राख्दै द्रब्यवस्तुको विनिमय सम्बन्धनलाई यथार्थताको विपरित सरकारी निर्णयबाट समाप्त गर्यो जसका कारणले त्यहाँको आर्थिक प्रणालीमा आएका कठिनाईहरु हाम्रो अगाडि छ ।

विश्व अर्थतन्त्र जुन किसिमले पूँजीपति वर्गको हातमा पूँजी र उत्पादनको भण्डारण भैरहेको छ । जसले गर्दा विश्वको सफल समाजवादी मुलुक चिनले अहिले पूँजीपति वर्गलाई समेत चाइनीज मोडेलको समाजवाद विकासको लागि राज्यसत्ताको साझेदार बनाएको छ । जसका कारणले फेरी पनि समाजवादी अर्थतन्त्रमा नै धेरै कठिनाईहरु आउन सक्नेमा मार्क्सवादी अर्थशास्त्रीहरु शंका प्रकट गरिरहेका छन् । हाम्रो सन्र्दभमा नेपाली समाजवादी आन्दोलन घोर पूँजीवादीहरुको शरणमा पुगेर अन्त्य हुने कुरालाई नेपालका वर्तमान राजनीतिक कार्यक्रमले संकेत दिएका छन ।

उत्पादन र उपभोगबीचको सन्तुलन र योजनावद्ध आर्थिक विकाश सामाजवादी योजनाको मूल मर्म हो । जसको सफलताको लागि योजनावद्ध आर्थिक विकासको परिपाटीमा योजनाहरुको निर्माण र कार्यन्वयनको अनुगमनमा जनसहभागिता र हस्तक्षेपको अवस्था कायम रहनु पर्दछ । यस्तो परिस्थितीको निर्माण गर्न सकेमा मात्रै देशमा समाजवादी आर्थिक मोडल स्थापित हुन सक्छ । समाजवादी आर्थिक क्रान्तिले सफलता प्राप्ति गर्नका लागि पूँजीवादी संरचनाका आर्थिक, सामाजिक र राजनैतिक संरचनाहरुलाई समाप्त गर्नु र त्यसको ठाउँमा सामुहिक स्वामित्वको परिपाटी स्थापित गर्नु, जुन हाम्रो जस्तो देश र आजको अवस्थामा त्यति सहज हुँदैन ।

समाजवादउन्मुख अर्थतन्त्र निर्माणको प्रमुख शक्ति कम्यूनिष्टहरुको नेतृत्वमा गठित हुने अग्रगामी क्रातिकारी वर्ग तथा समूहहरुको राष्ट्रिय जनवादी सरकार हो । जसको नेतृत्व कम्युनिष्टहरुले गर्नु पर्ने हुन्छ । त्यो अवस्थामा नेपाली कम्यूनिष्टहरुमा रहेको भएता पनि नेपाली अवसरवादी कम्युनिष्ट नेताकै कारणले गर्दा नेपाली अर्थतन्त्रलाई रुपान्तरण गर्ने कार्यमा अवरोध उत्पन्न भएको भएता पनि आगामी निर्वाचनबाट पनि त्यो अवस्था हामीकहाँ आउने छ ।

नेपाली कम्यूनिष्ट आन्दोलनप्रति बलियो जन समर्थन देखापरेको छ । जसलाई २०७४को निर्वाचनले प्रमाणित गरेको छ । जसमा मुख्य रुपमा शहरिया मध्यमवर्ग र ग्रामीण मध्यमवर्गीय किसानबाट प्राप्त राजनैतिक समर्थनमा देखिन्छ । यसलाई विस्तार गर्दै आगामी दिनहरुमा देशमा समाजवादी अर्थव्वयस्थालाई अनुशरण गर्र्ने क्षमता सहितको अभिमत पाउने सामाथ्र्य नेपाली कम्युनिष्टहरुमा रहेता पनि उनिहरुका बीचमा बलियो एकता र दृण्ढ संकल्पको अभाव छ ।
सन्दर्भ साम्रगी

Suda , Jyoti Prasad (1978/79) A history of Political thought k. Nath co. Educational publishers.
Allen C.Robert(2011), Global Economic History , A very short introduction , Oxford University.

हुमराज भुसाल
लेखकको बारेमा
हुमराज भुसाल