ताजा अपडेट »

टाटा समूहको वेब सिरिज तयारी

सोमबार, १७ माघ २०७८, ०८ : १४
2 Shares

काठमाण्डौं । भारतको टाटा समूह विश्वकै सबैभन्दा ठूलो कारोबारी घरानामा पर्दछ । जमशेदजी टाटाले टाटा समूह सुरुवात गरेका थिए र आज यो समूह विश्वकै सबैभन्दा ठूलो व्यापारिक समूहमध्ये एकमा पर्दछ । भनिन्छ, जमशेदजीले मात्र २१ हजार रुपैंयाँमा जुन टाटा समूहको सुरुवात गरेका थिए, आज उनको कम्पनीको टर्नओभर कैयौं लाख करोडमा पर्दछ ।

यति ठूलो कम्पनीको इतिहास दुई सय वर्ष पुरानो छ र यहाँसम्म पुग्नका लागि यसका कैयौं प्रेरक कथा छन् । जसलाई अब दर्शकमाझ वेब सिरिजको रुपमा ल्याउने योजना बनिरहेको छ । अलमाइटी मोसन पिक्चरले टाटा समूहमाथि वेब सिरिज बनाउने घोषणा गरेको छ ।

इरोटिक शो ‘मस्तराम’ बनाएको प्रोडक्सन कम्पनी अलमाइटी मोसन पिक्चरले टाटा समूहमाथि वेब सिरिज बनाउनका लागि हालै पत्रकार गिरीश कुबेरको किताब ‘द टाटाजः हाउ ए फेमिली ब्युल्ट ए बिजनेस एण्ड ए नेसन’को अधिकार किनिसकेको छ ।

अलमाइटी मोशन पिक्चरकी प्रमुख प्रभलीन कौर सन्धुले आफूसँग पुस्तकको अधिकार रहेकाले वेब सिरिजलाई न्यूनतम ३ सीजन बनाउने योजना रहेको बताइन् । उनका अनुसार शोले केवल रतन टाटाको नभई उनको वंशजहरुको जिन्दगीको पर्दालाई दर्शकमाझ देखाउनेछ ।

सिरिजमा टाटा परिवारले कसरी यति ठूलो कारोबारी साम्राज्य तयार पार्यो भन्ने मात्र देखाइने छैन, टाटा परिवारले देश निर्माणमा कसरी योगदान दियो भन्ने कुरालाई पनि प्रस्तुत गरिनेछ ।

सिरिजको पहिलो सिजनको सुटिङ आगामी ७ महिना पछि सुरु गर्नेछ । हाल यसको प्री–प्रोडक्सनको काम सुरु गरिएको छ । स्क्रिप्टसँगै अनुसन्धानको काम एकसाथ भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।